Aamsanchar

नारी सञ्चार गृहको साधारणसभा सम्पन्न

Author Image
शनिवार, असोज ७, २०७४

बिर्तामोड। 

नारी सञ्चार गृह झापाको शनिबार नेपाल पत्रकार महासंघको सभाहलमा साधारणसभा सम्पन्न भएको छ ।

महासंघका अध्यक्ष तारामणि सापकोटाको प्रमुख आतिथ्यतामा भएको पहिलो साधारणसभामा सूर्योदय टेलिभिजनकी प्रबन्ध निर्देशक विष्णु मैनाली, यलम्बर टाइम्सका सम्पादक दिपिन राई, पत्रकार महासंघकी उपाध्यक्ष भीमा शिवाकोटी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभामा नेपाल पत्रकार महासंघको कार्यसमितिमा निर्वाचित हुने संस्थाका सदस्यहरु भीमा शिवाकोटी, शुशीला संग्रौला, सुष्मा राजवंशी र केन्द्रीय पार्षदमा विजयी हुने अम्बिका भण्डारी, रेजिना रोदन, इन्दू पूर्वेली, स्वस्तिका आचार्यलगायतलाई संस्थाका अध्यक्ष सावित्रा दाहालले सम्मान गरेकी थिइन् ।

अध्यक्ष सावित्रा दाहालले प्रस्तुत गरेको प्रतिवेदनमा पत्रकारिता पेशामा रहेर पेशागत मान्यतालाई आत्मसात गर्दै क्रियाशील पत्रकार महिलालाई सम्मान गर्ने उद्देश्यले १ लाखको अक्षय कोषको स्थापना गरिने जनााएको छ ।

जिल्लाभर रहेका सञ्चार संस्थामा आवद्ध पत्रकार महिलाहरु संगठित भएर २०६९ सालमा यो संस्थाको स्थापना गरिएको थियो ।

संस्थाकी अध्यक्ष दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव अम्बिका भण्डारीले सञ्चालन गरेकी थिइन् भने स्वागत मन्तव्य संस्थाकी सदस्य इन्दू पूर्वेलीले गरेकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर