ओखलढुङा।
ओखलढुंगाको सुनकोशी गाउँपालिका ३ स्थित देउकी पाखामा आइतबार माटोको ढिस्कोले पुरिएर १५ वर्षिय एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सुनकोशी गाउँपालिका ४ बस्ने अदमसिंह राईको छोरा वर्ष १५ को नविन राई रहेका छन।
आइतबार विहान सोही गाउँपालिकामा पर्ने देउकी पाखामा घर लिप्न भनि कमेरो माटो खन्ने क्रममा ढिस्को खसेर पुरिंदा राईको घटनास्थलमै मृत्यु भएको हो।
राईसंगै गएका अन्य तीन जना बालकहरु भने सकुशल रहेको बुझिएको छ। घटनास्थलमा प्रहरी चौकी हर्कपुरबा टोली खटि गई थप बुझ्ने कार्य भई रहेको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 67