बिर्तामोड।
नेपाल पत्रकार महासंघ झापाका सदस्य तथा कानून व्यवसायी दीपेन्द्र भट्टराई लडेर घाइते भएका छन् । पूर्वाञ्चल दैनिक तथा आमसञ्चार डट.कमका स्तम्भकार समेत रहेका भट्टराईको लडेर टाउकोमा चोट लागेको छ । उनी संवाद समूह सचिवालय झापाका संयोजक पनि हुन् ।
चितवनमा संवाद समूहहरुको कार्यशालामा सहभागी भएर फर्कने क्रममा शनिवारराति ७ः४५ बजे बर्दिवासस्थित गौतम होटलमा उनी लडेर घाइते भएको भट्टराईका सहकर्मी अधिवक्ता खगेन्द्र खरेलले जानकारी दिए । होटलमा खाना खाएर बाहिर निस्कने क्रममा उनी अचानक लडेका थिए । दुई दिनदेखि ज्वरो र पखालाले थलिएका उनी शारीरिक कमजोरीका कारण लडेको हुन सक्ने प्रारम्भिक अनुमान छ ।
घटनालगत्तै उनलाई बिराटनगरस्थित न्यूरो हस्पिटलमा राति नै पु¥याइएको थियो । सो हस्पिटलबाट आइतवार भट्टराईलाई बिर्तामोडस्थित वीएण्डसी हस्पिटलमा ल्याएर थप उपचार शुरु गरिएको छ । भट्टराईलाई आईसीयूमा राखेर वीएण्डसीको न्यूरो सर्जन टिमले उपचार गरिरहेको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए । ४० बर्षीय भट्टराई चन्द्रगढी निवासी हुन् ।