Aamsanchar

कोषलाई टावर टेम्पलको ११,१११

Author Image
मङ्गलवार, असोज १०, २०७४

बिर्तामोड।

बिर्तामोड–५ स्थित टावर टेम्पल सेकेण्डरी स्कूलले नेपाल पत्रकार महासंघ झापाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषलाई ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेको छ ।
विद्यालयमा आयोजित अभिभावक नृत्य प्रतियोगिता तथा ट्यालेण्ट शो कार्यक्रमकाबीच विद्यालयका संस्थापक नरेशमान धिमालले नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एवम् कोषका संयोजक एकराज गिरीलाई उक्त रकम प्रदान गरेका हुन् ।
विद्यालयको प्रगतिमा सञ्चारकर्मीले पु¥याएको भूमिकाको मूल्याङ्कन गरी सामाजिक उत्तरदायित्व अन्तर्गत पत्रकारको हितका लागि उक्त रकम प्रदान गरिएको संस्थापक धिमालले बताए ।
बिर्तामोडको अकलबस्तीमा रहेको टावर टेम्पल शैक्षिक गुणस्तर तथा खेलकुद र सांस्कृतिक कार्यक्रममा जिल्लामै उत्कृष्ट बन्दै आएको छ । महासंघका सहसचिव एवम् कोषका सदस्य सचिव केशव भट्टराईका अनुसार कोषमा विभिन्न क्षेत्रबाट सहयोग प्राप्त हुनेक्रम जारी छ ।
पत्रकार महासंघले कोषको रकम एक करोड रुपैयाँ पु¥याई त्यसको व्याजबाट पत्रकारको उपचारमा सहयोग गर्नेगरी कार्य अघि बढाएको छ । हालसम्म ३० लाख रुपैयाँ कोषमा जम्मा भइसकेको महासंघका उपाध्यक्ष एवम् कोषका संयोजक गिरीले बताए । पत्रकार महासंघले सहकारीसहित विभिन्न संघ–संस्था तथा विद्यालयहरुलाई सामाजिक उत्तरदायित्व अन्तर्गत एकपटकका लागि पत्रकार उपचारकोषमा सहयोग गरिदिन सबैमा आव्हान समेत गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि सहायक जिल्ला शिक्षा अधिकारी उद्वव विष्टले दीगो सोचका साथ पत्रकार महासंघले थालेको अभियान र त्यसमा टावर टेम्पलको सहयोगको प्रशंसा गरे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर