Aamsanchar

सडक कालोपत्र गरिने

Author Image
मङ्गलवार, असोज १०, २०७४

भद्रपुर, 

भद्रपुर नगरपालिका क्षेत्रमा ३१.५ किमी कालोपत्रे सडक सञ्जाल विस्तार हुने भएको छ । लुम्बिनी गजुरमुखी–एपेक्स(जेभी) का निर्देशक प्रकाशमान कडरियाका अनुसार भद्रपुर नगर क्षेत्रमा सडक तथा ढल निकासका लागि सडकको दुवैतर्फ पक्की नालाका साथै जनता चोकको कल्भर्टबाट मेची नदीसम्म तीन मिटर चौडाइको १.५ किमी लामो पक्की नालासमेतका लागि भ्याटबाहेक रु ६६ करोडको ठेक्का भइसकेको र दुई वर्षमा काम सम्पन्न गर्नुपर्ने कुरा उल्लेख छ ।

भद्रपुर साइट अफिसका इञ्जिनियर सुदर्शन थापाकाअनुसार भद्रपुर नगरपालिकाको नयाँ बजार–अमलडांगी–तारानगर–डांगीबारी–पाण्डेचोक–आँपगाछी चोकबाट किचकबध हुँदै भैसाबाडीसम्म १४.६ किमी, धनुषमोडबाट चन्द्रगढी टी–स्टेट हुँदै देउनियासम्म ३.६ किमी, साईमार्गबाट कौवाखाडीको ५१७ मिटर, देवीबस्तीबाट धुलाबारी जोड्ने सडक दुई किमी, मेची हस्पिटल चोकबाट घोडमारा पैनीसम्म १.१ किमी र शिवमन्दिर–चैतुबारी–डांफे चोकसम्म २.८ किमी सडकखण्डमा नौ मिटर चौडा सडकको भागबीच चार मिटरको कालोपत्रे हुने र दुवैतर्फ १.३ मिटर चौडाइको पक्की नाला बन्ने सम्झौता भएको छ ।

यस्तै चारआली सामुदायिक वन कार्यालय दक्षिणबाट देउनियासम्मको चार किमी पक्की नालासहित कालोपत्रे सडक बन्ने बताइएको छ । यसबाहेक दक्षिण–पूर्वी झापको पाठामारीबाट बनियानी हुँदै बालवाडीसम्म ३.१७ किमी कालोपत्रे सडक बन्ने भएको छ । दमकडिभिजन सडक कार्यालयबाट स्वीकृत भएको सो निर्माण कार्य गजुरमुखी निर्माण कम्पनीले इञ्जिनियर थापाले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर