बिर्तामोड,
झापाको बिर्तामोडमा रहेको बीएण्डसी हस्पिटलले पूर्वका क्यान्सर रोगीलाई लक्षित गरेर क्यान्सर अस्पताल सञ्चालनमा ल्याउने भएको छ ।
हस्पिटलले अहिले पनि क्यान्सरका रोगीहरुको उपचार गरिरहेपनि अब छुट्टै अस्पताल नै सञ्चालनमा ल्याउने तयार गरेको कार्यकारी निर्देशक दुर्गा प्रसाई जानकारी दिए । मेची अञ्चलका २७ लाखबढी जनतालाई सेवा पु¥याउदै आएको बीएण्डसीले दुई अर्ब ५० करोड रुपैंयाको लगानीमा दुई सय शैश्ययाको पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालन गरिने बताइएको छ ।
क्यान्सर अस्पताल सञ्चालनका लागी आज विजयादशमीको अवसर परेर हस्पिटलका कार्यकारी निर्देशक प्रसाईले शिल्यन्यास गरेका छन् । अमेरिकामा बनेको केमो थेरपी (रेडइएसन मेसिन र रेडियो थेरापी) लगायतका अत्याधुनिक उपकरणका साथमा दक्ष चिकित्सकहरुद्धारा उपचार गरिने जनाइएको छ ।
अब कुनैपनि रोगका बिरामीहरुले अन्यत्र जानुनपर्ने अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए । अस्पताल अञ्चालनमा आएको तीन वर्षको छोटो समयमा नै १५ लाखबढीले उपचार सेवा पाइसकेको जनाइएको छ ।