भद्रपुर,
झापाको भद्रपुर नगरपालिकास्थित मेची नदी किनारमा मनाउने छठ पर्वका लागि स्थानीयवासी रमेशचन्द्र झाको अध्यक्षतामा ५०१ मूल समारोह समिति गठन भएको छ ।
भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ र उपप्रमुख चन्द्रा श्रेष्ठको प्रमुख आतिथ्यमा निर्माण भएको सो समितिले थप विभिन्न उपसमिति गठन गर्ने अध्यक्ष झाले जानकारी दिनुभयो ।
भद्रपुर बजारको पूर्वतर्फ मेची नदीमा छठ पर्व मनाउने श्रद्धालुका लागि कुनै असुविधा हुन नदिन समितिले अहिलेदेखि नै आवश्यक कामको थालनी गरेको छ । मेची नदीको दुवै किनार नेपाल र भारतका हजारौँ श्रद्धालु भेला हुने र सूर्य भगवान्को पूजापाठ गर्ने चलन छठ हो मानिएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 189