Aamsanchar

सन्थाल जातिले नयाँ पक्की घर पाउने

Author Image
शुक्रवार, असोज २७, २०७४

भद्रपुर, 

जनता आवास कार्यक्रमअन्तर्गत लोपोन्मुख जाति सन्थाल समुदायका १०० घर परिवारले नयाँ पक्की घर पाउने भएका छन् ।

सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामको इकाइ कार्यालय चन्द्रगढी झापाका अनुसार गत आवमा दलित र मुस्लिम समुदायका परिवारमा ५०० घर बनाउने लक्ष्यमा ४९४ जना परिवारको सम्झौता भएको थियो । जसमा ३४४ घरको निर्माण कार्य अन्तिम चरणमा रहेको इकाइ कार्यालयका इञ्जिनियर सुमन मिश्रले बताउनुभयो ।

निर्माण हुन बाँकी रहेका घर चालु आर्थिक वर्षमा पूरा हुने र यससँगै झापामा थप दलित, मस्लिम र सन्थाल जातिको ५०० घर निर्माण हुनेछ । यसमा सन्थाल जातिको १०० घर बन्नेछ ।

चालु आर्थिक वर्षमा घर निर्माण हुने सम्झौताअनुसार जनही परिवारले रु तीन लाख ३२ हजार ५०० प्राप्त गर्ने भएको छ ।

अघिल्लो आवमा भएको सम्झौतामा जनही परिवारले रु दुई लाख १४ हजार प्राप्त गर्ने इञ्जिनियर मिश्रले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर