Aamsanchar

एक नेपाली नागरिकसहित दुई चोर भारतीय प्रहरीको फन्दा

Author Image
शनिवार, असोज २८, २०७४

(पार्थ मण्डल)

झापा । 

नेपाल–भारतको सीमावर्ती क्षेत्रमा चोरीका घटना बढेसँगै दुवै देशका प्रहरीले सीमाक्षेत्रमा सक्रियता बढाएको छ । नेपाल प्रहरीले दुई र भारतीय प्रहरीले एक गरी चोरी गिरोहमा आवद्ध तीन जनालाई पक्राउ गरिसकेको छ ।

तीन जना पक्राउ परेको साता दिन नबित्दै भारतीय प्रहरीले दुई जना चोरलाई शुक्रवार राती गलगलिया सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ पर्ने एक जना नेपाली नागरिक हुन् भने अर्का भारतीय हुन् । पक्राउ पर्ने भद्रपुर नगरपालिका निवासी २० बर्षिय अजय पासवान र दार्जिलिङ जिल्ला सिलगुढी निवासी २२ बर्षिय नन्द तिर्की रहेको गलगलिया प्रहरीका थानाध्यक्ष अरविंद कुमारले बताए । उ

नीहरुको साथबाट प्रहरीले एउटा स्कूटीसहित ५ थान मोबाइल बरामद गरेको छ । बंगलाबाट विहार तर्फ आइरहेको अवस्थामा चेक पोष्टमा चेकजाँचको क्रममा स्कुटीमा सवार उनीहरुलाई प्रहरीले रोक्न खोज्दा भागेपछि प्रहरी टोलीले पिछा गरेर पक्राउ गरेको थानाध्यक्ष कुमारले जानकारी दिए । पक्राउ परेका दुवै जनालाई चोरी सम्बन्धी मुद्धा दर्ता गराई किशनगञ्ज कारागार पठाइसकेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जना यसअघि पनि चोरीको घटनामा पक्राउ परिसकेको भारतीय प्रहरीको अनुसंन्धानबाट खुलेको छ । यो घटनासंगै सीमावर्ती क्षेत्रबाट अहिले सम्म पाँच जना चोर प्रहरीको फन्दामा परिसकेको छ । यसअघि वडा कार्यालय प्रहरी भद्रपुरले भारतको किशनगञ्ज जिल्लास्थित भातगाँउ ग्राम पश्चायत (गलगलिया) निवासी २२ बर्षिय मोहम्मद सद्धाम र २३ बर्षिय संञ्जित सहनीलाई पक्राउ गरेको छ, भने भारतीय प्रहरीले भद्रपुर ३ स्थित आँपगाछी बस्ने २२ बर्षिय पूर्ण विश्वकर्मा भन्ने कान्छालाई पक्राउ गरी नेपाल प्रहरीलाई जिम्मा लगाईसकेको छ । पक्राउ परेका तीनै जना प्रहरी कार्यालय झापामा राखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 204

प्रतिक्रिया (०)

सम्बन्धित खबर