मोरङ।
मोरङको रतुवामाई नगरपालिका ५ स्थित लारीकट्टामा मंगलबार बिहान ट्याक्टरबाट लडेर सह-चालकको मृत्यु भएको छ।
उर्लावारी रंगेली सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १ त ८५८२ नम्बरको ट्याक्टरमा सह-चालकको रुपमा काम गर्दै आईरहेका इलाम फाकफोक गाउँपालिका-६ बस्ने १९ बर्षिय समीर गुरुङ अचानक ट्याक्टरबाट लडेका थिए।
लडेर गम्भीर घाईते भएका गुरुङको उपचारकालागी बिराटनगरतर्फ ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ। ट्याक्टरका चालक तत्काल फरार रहेकाले खोजीकार्य भईरहेको उक्त कार्यालयले जनाएको छ।
त्यस्तै सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिका ७ स्थित गार्मामा दिउँसो २ बजे मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा २ जना घाईते भएका छन्। सल्लेरीबाट जोरबौद्व जाँदै गरेको को.४ प. ३७४३ नम्बरको मोटरसाईकल अनियन्त्रित सडकमा पल्टिदा पैदलयात्री जिल्ला सोलुखुम्बु नेचासल्यान गाउपालिका ६ तिङ्ला बस्ने बर्ष ५६ को सिंह बहादुर बस्नेतलाई ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाईकल चालक सोलु सोलुदुधकुण्ड नगरपालिका ७ बस्ने बर्ष २४ को गणेश बहादुर मगर र मोटरसाईकलको पछाडी सवार नेचासल्यान गाउँपालिका ७ बस्ने बर्ष ३० को प्रेम कुमार मगरसमेत घाईते भएका छन्। घाईते तीनैजनाको जिल्ला अस्पताल फाप्लुमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय सोलिखुम्बुले जनाएको छ भने मोटरसाईकल प्रहरीको नियन्त्रणमा राखिएको छ।