Aamsanchar

मनास्लु कपको उपाधिको लागि बुधबार मदनपुर र नवदुर्गा भिड्दै

Author Image
मङ्गलवार, असोज ३१, २०७४

कालिस्थान।

झापाका अर्जुनधारा नगरपालीका ९ कालिस्थानमा जारी तेस्रो मनास्लु च्यालेञ्ज कप फुटबलको उपाधिको लागि  बुधबार मदनपुर युवा परिवार अर्जुनधारा र नवदुर्गा स्पोर्टिङ् क्लब सेतीपानी भिड्दै छन । उपाधि भिडन्त बुधबार दिउसो ३ बजे कालिस्थान माविको प्राङ्गडमा हुनेछ ।

मदनपुर युवा परिवार अर्जुनधाराले फे्रन्डसिप गोर्खाली युवा परिवार वुद्धशान्तिलाई २÷१ गोल अन्तरले नै पराजित गर्दै फाइनलमा आइपुगेको हो भने मदनपुर युवा परिवार सेतीपानीले न्यु डाइनामीक फुटबल क्लब शनिश्चरेलाई २÷१ गोल अन्तरले पाखा लगाउदै प्रतियोगिताको उपाधि भिडन्त पक्का गरेको आयोजक मनास्लु परिवार कालिस्थानका अध्यक्ष मनोज गोम्देनले जानकारी दिनुभएको छ ।

१० वटा फुटबल क्लबले भाग लिएको प्रतियोगिताको उपाधि विजेताले २५ हजार रुँपैया, उपविजेताले १५ हजार रुँपैया, शिल्डकप, ट्रफी, मेडल र प्रमाण पत्र पाउने खेल संयोजक दिनेश कडेलले जानकारी दिनुभएको छ ।
प्रथम पुरस्कारको शौजन्य समाजसेवी कुमार सुब्बा, द्धित्तिय पुरस्कार पवित्रा हार्डवेयरका प्रोपाइटर सुमन नेम्बाङ्ग र ट्रफी लगायतका पुरस्कार ज्ञानु थलङ् शुब्बाले गर्नुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 225

प्रतिक्रिया (०)

सम्बन्धित खबर