दमक,
झापाको दमकमा आज दिउँसो लडेर एक भुटानी शरणार्थीको मृत्यु भएको छ ।
यसरी मृत्यु हुनेमा भुटानी शरणार्थी शिविर बेलडाँगी–२ सि ४ छाप्रो नम्बर ४४ का ७१ वर्षीय विष्णुकुमार घले रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
उनी आज दिउँसो दमक–५ स्थित क्याम्पस मोड छेउमा लडेर अचेत अवस्थामा फेला परेका थिए । उनको उपचारका क्रममा दमकस्थित आम्दा अस्पतालमा मृत्यु भएको इप्रका दमकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।
घलेका छोरा प्रकाश घले गत असोज २४ गते दुर्घटनामा परी गम्भीर घाइते भएको र विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारत छन् । उनी छोरा प्रकाशलाई भेट्न भन्दै आज बिहान घरबाट हिँडेका थिए । अत्यधिक मादक पदार्थ सेवन गरेका कारण उनको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 148