भद्रपुर ।
ज्यान मार्ने धम्की दिएर बालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई भद्रपुरबाट पक्राउ गरेको छ ।
बलात्कार गरेको आरोपमा प्रहरीले झापा भद्रपुर नगरपालिका ५ निवासी २० बर्षिय रोशन माझीलाई सोमबार दिउँसो घरबाटै पक्राउ गरेको हो । गत कार्तिक ४ गते भाईटीकाको दिन माझीले छिमेकी ६ बर्षिय एक बालिकालाई जबरजस्ती बलात्कार गरेको पिडित परिवारले प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।
प्रहरी दिएको जानकारी अनुसार युवक माझीले ती बालिकालाई घरबाटै घुमाउन लान्छु भनेर लगेकी थिइन् । तर, युवकले घुमाउने मौका छोपी बालिकालाई भद्रपुरको नयाँ बजारस्थित चिया बगानमा लगेर जबरजस्ती करणी गरेका रहेछन् । करणी गरेका माझीले घरमा कसैलाई भने छुरा घोपेर मारिदिने धम्की दिएपछि बालिकाले दुई दिन सम्म घरमा कसैलाई केही जानकारी गराएनन् ।
सोमबार विहान आमाले छोरीको खुट्टामा रगत देखेपछि सोधपुछ गर्ने क्रममा बलात्कार भएको घटना सार्वजनिक भएपछि पिडितपक्षले प्रहरी समक्ष आइपुगेको वडाका सई देवराज शर्माले जानकारी दिए । प्रहरीलाई जानकारी आउनसाथ माझीलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाईसकेको सई शर्माले जानकारी दिए ।