भद्रपुर ।
झापा जिल्ला तीव्र रुपमा फैलिइरहेको डेँगु रोग संक्रमण नियन्त्रणका लागि भद्रपुर नगरक्षेत्रमा औषधी छर्कने काम सुरु गरिएको छ । सीमावर्ती भारतीय नाकासंग जोडिएको भद्रपुर नगर क्षेत्रमा डेंगु रोग फैलिन नदिन भद्रपुर नगरपालिकाले औषधी छर्कने काम बुधवारदेखि सुरु गरेको हो ।
नगरपालिकाले आसपी जाइन्ट फोगर मेशिन खरिद औषधि छर्कन शुरु गरेको नगर प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए । किङ फग नामक औषधि छर्कन शुरु गरिएको नगरपालिकाको जनस्वास्थ्यशाखा प्रमुख इश्वरी पौडेलले जानकारी दिए । बुधबार भद्रपुरको वडा नं ७ र १० मा औषधि छरिएको छ भने ८ गते ५ र ६, १० गते, ८ र ९, ११ गते ३ र ४, १२ गते १ र २, १३ गते ७ र १०, १४ गते ५ र ६, १५ गते ८ र ९, १६ गते ३ र ४ माऔषधि छर्कने तालिका रहेको पोडेलले जानकारी दिए ।
१७ गते छुटेका क्षेत्रमा औषधि छर्कने कार्य तालिका रहेको नगरपालिकाले जनाएको छ । यसैगरी, नगरपालिकाले डेंगु रोग र बँच्ने उपायहरुका बारे नगर क्षेत्रभित्र माइकिङ पनि शुरु गरेको नगरपालिका काकार्यकारी अधिकृत काजीमान राईले जानकारी दिए । झापामा डेंगुको प्रकोप फैलिएको भन्दै आवश्यक सतर्कता अपनाउन जनस्वास्थ्य कार्यालयले सर्वसाधारणमा अपिल गरिरहेका बेला एक साता यता डेंगु संक्रमित विरामीको संख्या अस्वभाविक रुपमा बढेको छ ।
झापा एक महिलाको ज्यान गइसकेको छ भने, साढे तीन बढीमा डेंगु पोजेटिभ फेला परिसकेको जनस्वास्थ्यले जनाएको छ ।