सब्द तस्वीर : विनोद पाण्डे (कमल)
चारपाने,कार्तिक ९ । दशै, तिहार पछी लगत्तै आउने उमंघको चाड छैठ पर्व आज नेपालका धेरै जिल्लामा अस्ताउदो सूर्यलाई अर्घदिएर मनाईएको छ । विभिन्न नदी, पोखरी,जलासयलाई श्रृगारी सो स्थानमा पुजाआजा गरि मनाईने छैठ पर्व झापाको विर्तामोडका बासिन्दाले पनि बडो धुमधामका साथ छैठ मनाएका छन । विगतका बर्षमा झै छठ समाज सेवा समिति विर्तामोडले यस बर्ष झापाको कनकाई नगरपालिकामा पर्ने विरिङ खोलामा भव्य रुपमा छठ पुजाको आयोजना गरेको छ ।
विर्तामोडमा २०४६ सालदेखि थोरै संख्यामा सहभागी बनेर विर्तामोडको अधुवा खोलामा सामुहिक रुपमा छैठ पुजा हुदै आएकोमा पछिल्लो ५ बर्षयता छैठ मनाउने ब्रतालु भक्तजनको संख्या उललेखनिय बढेको हुदा ठाउँ अभावको कारण पुजा समितिले विरिङ खोलामा पुजा गर्ने व्यवस्था मिलाउदै आएको छ ।
प्रत्येक बर्ष छैठपुजामा आउने श्रद्धालु भक्तजन बार्षिक रुपमा बढने क्रम जारी छ । यसबर्ष पुजामा करिव ३० हजार मानिस पुजा स्थलमा पुगेको आयोजक समितिले बताएको छ । विर्तामोड, चारपाने, लक्ष्मीपुर,दुर्गापुर र सुरुंगा देखिका मानिसहरुको उपस्थित पुजा स्थलमा रहने गरेको छ ।
संख्यात्मक रुपमा झापामा दोस्रो भएपनी व्यवस्थापकिय हिसावले झापाकै भव्य छैठपुजाको रुपमा लिईएको विर्तामोडको छैठ पुजा औपचारिक कार्यक्रम मार्फत उद्घाटन गरिएको थियो । छैठ समाज सेवा समितिका अध्यक्ष सत्रुघन चौधरीको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि माननिय कृषि राज्यमनत्री सरिता प्रसाईले पानसमा द्विप प्रज्ज्वल गरेर उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा विशेष अतिथि विर्तामोड नगरपालिकाका प्रमुख ध्रुर्बकुमार शिवाकोटी, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, समाजसेवी भगिरथ पोदार अतिथिहरुमा विर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, विर्तामोड वडा नं.१का अध्यक्ष अग्नी पाण्डे, महिला नेतृ पार्वता विमली, वेदप्रकास अग्रवाल, छैठ समाज सेवा समितिका पूर्व अध्यक्षहरु प्रेमचन्द्र चौधरी, देवेनद्रकुमार सिंह त्यसैगरी मजदुर नेता दिपक तामाङ, अलैची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, रोटरी क्लव विर्तामोडका अध्यक्ष विनोद बसनेत, रेडक्रस विर्तामोडका सभापति सजेश शिवाकोटी, विर्तामोड उद्योग बाणिज्य संघका उपाध्यक्षा द्वय संजिव घिमिरे,कुशल खतिवडा, सहारा नेपालका सदस्य अर्जुन चुडाल, लायन्स क्लव विर्तामोडका अध्यक्ष ओमकृष्ण विमली लगायतको आतिथ्य रहेको थियो ।
विरिङ खोलामा आज रातभरी जाग्रमको कार्यक्रम राखिएको छ । कार्यक्रममा भारतवाट आएका कलाकार र स्थानिय कलाकालहरले दर्शहरुलाई मनोरञ्जन प्रदान गर्नेछन । भोली विहानको सूर्यो उदयहुदा सूर्यको आरधना गरेर सम्पन्न हुने छैठ पुजालाई सव्य र भव्यरुपमा सम्पन्न गराउन पुजा समितिका अध्यक्ष सत्रुघन चौधरी, उपाध्यक्ष संजयकुमार शर्मा, राजकुमार गुप्ता, सचिव रामेश्वर दुवे, सहसचिव प्रभू साह, राजकुमार साह, कोषाध्यक्ष मनोज चौधरी सदस्यहरु अशोक चौधरी, दिलिप दास, ईन्द्रजित चौधरी, सत्रुघनप्रसाद गुप्ता, शंकर भगत, विजय ठाकुर, दिपक साफी, वरुण चौधरी, मनोज साह निर्वतमान अध्यक्ष देवेनद्रकुमार सिंह लगायत उपसमितिका सदस्य र स्वयंम सेवक टोली र विर्तामोड प्रहरी रात्री जाग्रम कार्यक्रममा शान्ति सुरक्षा कामय राख्न खटिएको छ ।
तस्वीरमा बिर्तामोडको छठपुजा समारोह