Aamsanchar

उनन्तीस जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा

Author Image
आइतवार, कार्तिक १२, २०७४

काठमाडौँ, 

हालसम्म २९ जिल्लालाई पूर्ण खोप सुनिश्चिता भएका जिल्ला घोषित गरिएको छ ।

असोज २४ गते सिन्धुपाल्चोकलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएसँगै धनकुटा, इलाम, संखुवासभा, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, पाँचथर, दोलखा, काभ्रेपलाञ्चोक, ललितपुर, पाल्पा, नवलपरासी, गुल्मी, अर्घाखाँची, म्यादी, तनहँु, लमजुङ, मुस्ताङ, मनाङ, रुपन्देही, प्यूठान, दैलेख, डडेलधुरा, अछाम, बैतडी, बझाङ, दार्चुला र कञ्चनपुरलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।

बालबालिकालाई खोपको पहुँचमा पु¥याई खोपको अभावका कारण हुने मृत्युदर रोक्न खोप कार्यक्रम प्रभावकारी हुने विश्वास लिइएको छ । सन् २०१७ सम्ममा देशलाई पूर्ण खोप राष्ट्र बनाई फड्को मार्ने लक्ष्य लिएको भए पनि आसन्न निर्वाचन र आचारसंहिताका कारण सो लक्ष्य प्राप्ति हुने देखिँदैन ।

बालस्वास्थ्य महाशाखाअन्तर्गत खोप शाखाका खोप अधिकृत भरत भण्डारीले रामेछाप, सोलुखुम्बु, काठमाडौँ, भक्तपुर लगायतका जिल्ला पूर्ण खोप सुनिश्चिताका लागि योग्य भए पनि निर्वाचन आचारसँहिताका कारण घोषणा हुन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आगामी माघसम्म धेरै जिल्लालाई पूर्ण खोपयुक्त घोषणा गर्ने लक्ष्य छ, अहिले धेरै अधिकार स्थानीय तहमा गएकाले समस्या देखिएको छ ।”

Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर