Aamsanchar

शिवसताक्षी मन्दिर परिसरमा सेनाले सामाजिक कार्य गर्दै

Author Image
बिहिवार, कार्तिक १६, २०७४

[शान्तिराम बस्नेत]
शिवसताक्षी,
गोलोक गोवद्र्धन गौशाला, शिवसताक्षीमा विगत वर्ष झैं यस वर्ष पनि अखण्ड सङकीर्तन तथा श्रीरामको महिमा सहित कथा प्रवचन हुने भएको छ ।

महाभारतकालीन इतिहास बोकेको तथा पुराण सप्तसती चण्डीमा समेत त्यस क्षेत्रको व्याख्या भएको धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाम सिंगारिन थालेको छ ।सो अवसरमा आउँदो कार्तिक २२ गते एक भव्य कार्यक्रमका बीच मुक्तिनाथ धामका पिढादिश्वर श्री कमलनयनाचार्य जी महाराजले उद्घाटन गर्ने कार्यक्रम तय भएको गोलोक गोवद्र्धनका संरक्षक आचार्य नन्दकिशोर भारद्वाजले जानकारी दिए ।
त्यसैगरी मंसीर १ गते पर्ने महान पर्व बाला चतुर्दशीमा सतबिज रोप्न र छर्न हजारौंको संख्यामा आउने भक्तजनहरुका सुविधाका लागि चारालीस्थित काली बहादुर गणका मेजर अभिषेक बिष्टको नेतृत्वमा ४० जनाको टोलीले सताक्षीधाम परिसरदेखि छाँगोसम्म अन्दाजी डेढ किमी पथमार्ग बनाउन शुरु गरेका छन् । गत असार साउनको बाढीले छाँगासम्म पुग्ने बाटो पुरै भत्किएर हिड्न असहज भएको थियो ।
४० जनाको टोलीले ७ दिनसम्म दैनिक ८ घण्टाको दरले खटिएर भक्तजनको यात्रालाई सहज होस् भन्ने उद्देश्यले गत आइतबारदेखि उक्त कार्य थालिएको काली बहादुर गणका मेजर अभिषेक बिष्टले बताए । उनका अनुसार बाटो सम्याउनुका साथै अप्ठ्यारा ठाउँमा सिँढीको व्यवस्थापन, फड्के लगायत हालेको समेत बताए ।
त्यस्तै धामका लागि पिउने पानीको व्यवस्थापनका लागि नयाँ पानीको स्रोत पत्ता लगाई कार्य थालिएको धाम समितिका अध्यक्ष प्रसाद सुब्बाले जानकारी दिए । उनले भने ः “अब सताक्षीधाममा शुद्ध पिउने पानीको व्यवस्था हुनेछ, त्यसका लागि पुराण अघि नै पाइप बिछ्याई उचित व्यवस्थापन गरिसक्ने छौं ।”
त्यस्तै छाँगो नजिकै लगाइएको ठूलो पर्खाललाई भत्काई त्यहाँ आरामका लागि फलैंचा निर्माण गरिने समेत अध्यक्ष सुब्बाले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 206

प्रतिक्रिया (०)

सम्बन्धित खबर