Aamsanchar

भूमिसुधार कार्यालयका प्रमुखविरुद्ध मुद्दा

Author Image
शुक्रवार, कार्तिक १७, २०७४

काठमाडौँ,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार कार्यालय सप्तरीका कार्यालय प्रमुख प्रकाशप्रसाद पोखरेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगकाअनुसार कानूनबमोजिम जग्गा मोहियानी हक उपलब्ध नगराई विभिन्न बहानामा सेवाग्राहीसँग रु एक लाख घुस माग्दामाग्दै आयोगको टोलीले उपसचिवसमेत रहनुभएका पोखरेललाई पक्राउ गरेको थियो ।

आयोग प्रवक्ता जीवराज पोखरेलले बिगो असुल गरी कैद सजायको मागसहित पोखरेलविरुद्ध मुद्दा दायर गरिएको जानकारी दिनुभयो ।

Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर