सुन्दर देखिने चाहना सबैमा हुन्छ ,चाहे त्यो महिला होस या पुरुष । आफूलाई स्वास्थ एवंम् सुन्दर राख्नका लागि खाना देखि हरेक कुरामा सजग रहन आवश्यक हुन्छ। आउनुहोस जानिराखौं सुन्दर देखिनका लागि अपनाउने उपायहरु….

१. घाममा निस्कनुअघि एसपिएफ २० युक्त सनस्त्रिmन लगाउनुपर्छ ।

२. दैनिक कम्तीमा २,३ लीटर पानी पिउनुपर्छ, किनभने पानीको कमीले छाला रुखो हुन्छ ।

३. आफ्नो डाइटमा ताजा फलफूल, नरिवल पानी आदि सामेल गरौ ।


४. घाममा निस्कनुअघि एसपिएफ २० युक्त सनस्क्रिन लगाउनुपर्छ ।
५. अनुहार धोइसकेपछि र राती सुत्नुअघि अनुहारमा मोश्चराइजर लगाउने ।
६. छालाको प्रकृति अनुसार फेसवास छनौट गरौ, जस्तो तेल निस्कने छालाका लागि सेलिसिक एसिडयुक्त फेसवास, रुखो छालाको लागि माइल्ड र सामन्य छालको लागि प्राकृतिक पिएच फेसवास प्रयोग गरौं ।
७. राती सुत्नुअघि अनुहारमा नाइट रिपेयर क्रिम लगाउन नभुलौ, यसले मृत्त कोशिकालाई हटाएर स्किनलाई नरम बनाउँछ ।
८. आफ्नो छालाको प्रकृति अनुसार सौन्दर्य साधन छनौट गरौंं, मेकअप उतार्नका लागि मेकअप रिमुभर नै प्रयोग गरौं ।
९. नियमित रुपले व्यायम गरौ, यसले रक्त संचार राम्ररी हुन्छ र छालामा निखार ल्याउँछ ।
ब्युटी अलर्ट
. अचानक डाइटिङ सुरु नगरौ, यसले तपाईको छालामा नकारात्मक असर पर्छ ।
. जंकफूडको सेवनबाट बचौं, नभए यसले डन्डिफोरको समस्या निम्त्याउँछ ।
. चर्को घाम वा एसीमा नबसौं, यसले छालालाई प्रभावित तुल्याउँछ ।

