Aamsanchar

अर्जुनधारा–३ मा निर्वाचन प्रचार प्रसार समिति गठन

Author Image
शुक्रवार, कार्तिक २४, २०७४

मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्र र राप्रपा गठबन्धनका उम्मेदवारलाई झापा २ मा बहुमतका साथ विजयी गराउन एमालेका स्थानीय नेता छत्र पौडैलको संयोजकत्वमा ५ जनाको निर्वाचन प्रचार प्रसार समिति गठन भएको छ ।
प्रचार प्रसारलाई व्यवस्थित र प्रभावकारी बनाउने उदेश्यले अर्जुुनधारा ३ स्तरीय वडा समिति गठन गरिएको हो । प्रचारप्रसार समितिको सह–संयोजकमा राप्रपाका मेदनी चापागाई रहेका छन् । नव गर्ठित समितिको सचिवमा माओवादी केन्द्रका लाल बहादुर दाहाल रहेका छन्
वाम गठबन्धनको निर्वाचन परिचालन समिति अन्तर्गत गठित सो समितिको संयुक्त वडा कार्यालय मााओवादी नेतृ धर्मशिला चापागाई,नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य प्रेम गिरी,राप्रपा अर्जुनधारा नगर उपाध्यक्ष इन्द्र बुढाथोकी,माओवादी केन्द्रका प्रदेश नम्बर १ सदस्य तुलसी प्रसाद खतिवडा,नेकपा एमाले जिल्ला सदस्य योग प्रसाद आचार्य लगायतका नेताहरुले संयुक्त रुपमा उदघाटन समेत गरेका थिए ।
वामपन्थी देशभक्त तथा राष्ट्रवादी गठबन्धन निर्वाचन क्षेत्र नम्बर २ को संयुक्त सभा समेत अर्जुनधारा–३ को वडा कार्यालयको परिसरमा सम्पन्न भएको छ । कार्यक्रममा बिशिष्ट अतिर्थी समेत रहेका नेकपा एमालेका नेता प्रेम गिरीले एमाले र माओवादी केन्द्रले एकले अर्कालाई निल खोजेपनि त्यो सम्भव नभएपछि दुई शक्ति मिलेर गठबन्धन भएको त्यसले दुईतिहाई मत प्राप्त गरिछाड्ने बताए । कार्यक्रमका प्रमुख अतिर्थी रहेकी माओवादी नेतृ धर्मशिला चापागाईले नेपालमा भएका परिवर्तन जनतामा लैजान नसक्दा महत्व कम पाएको बताइन । एमालेका बम बहादुर कार्की सभापतित्वमा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका नारायण पौडेलले कार्यक्रम संञ्चालन गरेका थिए ।
आगामी मंसिर २१ गते हुने निर्वाचनमा बामपन्थी देशभक्त राष्ट्रवादी गठबन्धनका तर्फबाट झापा– २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी महिला नेतृ पवित्रा खरेल निरौला,प्रदेशसभा सदस्य क मा एमालेका एकराज कार्की,प्रदेशसभा ख मा एमालेका नेता बृख प्रधानले उम्मेदवारी दिएका छन् ।

Views: 94

प्रतिक्रिया (०)

सम्बन्धित खबर