Aamsanchar

झापामा वैकल्पिक शक्ति विवेकशिल साझापार्टी नागरिक संग नजिकिदै

Author Image
शनिवार, कार्तिक २५, २०७४

कात्तिक २५ – विवेकशील साझा पार्टीले झापामा शहर सरसफाई शुरु गरेको छ । पार्टीले झापा क्षेत्र नम्बर–२ अन्तरगतको बिर्तामोड बजार क्षेत्रमा सफाई कार्यक्रम गरेको हो । ७६औं हप्ता सम्म निरन्तरता पाएको सरसफाई कार्यक्रममा झापा बिर्तामोडका सयौं नागरिकले सहभागिता जनाएका थिए ।
विवेकशील साझा पार्टीका नेता चित्राङ्गद तिम्सिनाका अनुसार बिर्तामोड सरसफाई अभियानले७६औं साता पूरा गरेको र ‘सरसफाई अभियानमा युवाहरुको उत्साहजनक उपस्थितिले हामीलाई हौसला मिलेको बताएका छन । बिहान ७ बजे दिेख १० बजे सम्म बिर्तामोड पार्टीका कार्यकता र सर्वसाधारण सफाईमा जुटेको अध्यक्ष तिम्सिनाले जानकारी गराएका छन ।

त्यसैगरी, भूतपूर्व विद्यार्थी संगठन लालझोडाको आयोजना तथा रेडक्रस झापाको प्राविधिक सहयोग रक्तदान कार्यक्रम सम्पन्न पनि आयोजना गरिएको थियो ।
झापा क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्य तर्फका उम्मेदवार डा. नवीन बाँस्तोला र प्रदेश सभा ‘क’का उम्मेदवार चित्राङ्गद तिम्सिनाले रक्तदान गरी कार्यक्रमको उद्घाटन गरेका थिए । क्षेत्र नम्बर १ को ‘ख’बाट विष्णुप्रसाद आचार्यले विवेकशील साझा पार्टीका तर्फबाट उम्मेदवारी दिएका छन्।
विवेकशील साझाले बिर्तामोडमा घरदैलो कार्यक्रम पनि गरिरहेको छ । प्रदेश सभातर्फ बिर्तामोड–१ देखि ९ सम्म तथा कनकाई नगरपालिका ८ र ९ ‘क’ र बुद्धशान्ति र अर्जुनधारा ‘ख’ निर्वाचन क्षेत्रमा उम्मेदवारी पार्टीले खडा गराएको बताईएको छ ।

Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर