सोलुखुम्बु,

नेपाली कांग्रेसका उम्मेदवारलाई चुनाव जिताउन सोलुखुम्बु आउनुभएका प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा ४५ सेकेण्डको सम्बोधन गरेर काठमाडौं फर्कनुभएको छ ।
समय अभावको कारण देखाउँदै सभापति देउवाले भन्नुभयो, ‘रुखमा भोट हाल्नुहोस्, सबै माग पूरा हुन्छ ।’
शनिबार ताप्लेजुङबाट चुनावी प्रचार अभियान सुरु गर्नुभएका सभापति देउवा आफ्ना उम्मेदवारलाई जिताउन नेपाली सेनाको हेलिकोप्टरमार्फत सोलुखुम्बु आउनुभएको हो । शनिबार नै उहाँले पाँचथरमासमेत चुनावी सभालाई सम्बोधन गर्नुभएको छ ।

नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बलबहादुर केसीले आफूले जिते सबै गाउँमा सडक पु¥याउने दाबी गर्नुभयो ।

Views: 137


