झापा।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नौ जना स्थानीय नेता तथा कार्यकर्ता जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ ।
आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले हालसम्म नौ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केशीले जानकारी दिनुभयो ।
प्रहरी उपरीक्षक केसीका अनुसार मेचीनगर १२ निवासी दीपक कुरुङ्वाङ्ग, वुद्धशान्ति गाउँपालिका २ निवासी दीपक लकान्द्री, सोही गाउँपालिका ४ निवासी नवल गजमेर, दमक ७ निवासी अरुण पौडेल मेभीनगर ६ निवासी खोम मिश्र पक्राउ परेका छन् ।
त्यस्तै कनकाई ४ का लीलावहादुर लावती, शिवसताक्षी ११ का कन्तोष कटुवाल, कनकाई २ का देवी उप्रेती र कचनकवल २ का मणि लिम्वू रहेका छन् । पक्राउ परेका मध्ये प्रसार्इं कनकाई नगरपालिकाका जनसरकार प्रमुख हुन् भने कटुवाल र लावती जिल्ला सदस्य हुन् ।
उनीहरुलाई केही सार्वजनिक अपराध र सजाय ऐन २०२८ अनुसार कारवाही अघि बढाएको प्रहरी उपरीक्षक केशीले बताउनुभयो ।