Aamsanchar

उम्मेद्वारसँग मतदाताले राखे समस्या

Author Image
शनिवार, मंसिर ९, २०७४

मेचीनगर, 

आसन्न मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभाको चुनावका लागि बामपन्थी, प्रगतिशील राष्ट्रवादी गठबन्धन झापा क्षेत्र नम्बर १ का उम्मेद्वारहरु मतदातासँग घरदैलोमा भोट माग्न व्यस्त छन् ।

झापा—१ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार राम कार्कीले‘कम्युनिष्टहरु मुड चलेर मिल्न खोजेको होइन्, कार्कीले भने—‘नेपाल सुहाउँदो समाजवाद ल्याउन खोजेका हौँ ।’ एउटै विचारधारा भएका कम्युनिष्टहरुविचको एकता अब असम्भव भने नरहेको उनले प्रस्ट पारे ।

शनिबार मेचीनगर—१३ स्थित विभिन्न टोलमा घरदैलो र कोणसभा सम्पन्न गरेको छ । कार्यक्रममा प्रतिनिधि सभाका उम्मेद्वार कार्की, प्रदेश सभा २ का उम्मेद्वार गोपालचन्द्र बुढाथोकी, क्षेत्र नम्बर १ का निवार्चन परिचालन कमिटीका संयोजक विष्णु प्रसाई, डा. रविन भट्टराईलगायतले सम्बोधन गरेका थिए ।
त्यसैगरी, झापा—१ प्रदेश १ का उम्मेद्वार श्रीप्रसाद मैनालीलाई शनिबार मेचीनगर—४ स्थित माझीडाडाका मतदाताले खानेपानी, विजुली र बाटोको समस्या सुल्झाई दिन माग गरेका थिए ।

उम्मेद्वार मैनालीले स्थानीयलाई एक वर्षभित्र यहाँको मुख्य तीन वटा समस्या समाधान गर्ने बताए । इनारबाट पानी झिक्नु पर्ने, बिजुलीको अभावमा टुकीबाट वत्ती बाल्नु पर्ने र एम्बुलेन्स छिर्न नसक्ने बाटोलाई मैले जितेको एक वर्षभित्र पुरा गर्ने मैनालीले स्थानीयलाई आश्वासन दिएका थिए ।

उनले पार्टीको घोषणा पत्रमा उल्लेख भए अनुसारका कार्य गर्ने बताए । मजदुर, किसान र बुद्धबृद्धाका लागि पेन्सन, रासनकार्ड र बुद्धभता बृद्धि गरिने मैनालीले दावी गरे । काँग्रेसप्रति लक्षित गर्दै मैनालीले भने—‘जनतालाई भेडाबाख्रा जस्तो गरेर भोट तान्न रक्सीले मताएर कस्तो राजनीति गर्न खोजेको हो । अहिलेका जनतालाई पैसा बाडेर मत बटुल्न सकिदैन् ।’ ‘भ्रष्टचार गर्न राजनीतिकमा लागेको होइन, मैले जितेको खण्डमा ५ वर्षभित्र यस ठाँउको विकास अवश्य हुनेछ । तपाईहरु ढुक्क हुनुस् ।’

‘जनताको सरकार बनाउन खोजेका छौँ, मैनालीले भने—‘ एक चोटी ५ वर्षका लागि बामपन्थी सरकारलाई भोट दिनुस्, जनताको जीवनस्तर उस्कीनेमा दुइमत छैन् ।’ उनले ५० वर्षपछि कम्युनिष्ट पार्टीहरु एकजुट भएका छन् यो एतिहासीक कुरा हो, कम्युनिष्टको सरकार बन्ने वा नबने कुरा तपाईहरुको हातमा रहेको बताए । मैनालीले भने—‘जनमतको हिसावले हामी सबै भन्दा माथी छौँ । चुनाव जित्ने कुरा निश्चत छ ।’ चुनाव पछि कम्युनिष्टहरुविच एकिकरण हुने उनले प्रस्ट पारे ।
चुनावी प्रचार प्रसारका क्रममा बाहुनडाँगीमा युवा सघं नेपालले आँखा शिविर सञ्चालन गरेको थियो । शिविरमा काँकरभिट्टाको दिपज्वाती आँखा अस्पतालको प्राविधिक सहयोग रहेको थियो ।

कार्यक्रममा बाम गठबन्धनका नेताहरु निलकण्ठ तिवारी, देवकुमार राई, राजु दाहाल, रमेश दाहाल, अर्जुनकुमार कार्कीलगायतले बोलेका थिए ।
त्यस्तै, भmापा—१ प्रदेश २ का उम्मेद्वार गोपालचन्द्र बुढाथोकीले आफ्नो उम्मेद्वारी क्षेत्रको मात्र नभएर प्रदेश नं १ का लागिसमेत अपरिहार्य रहेको बताए ।
वुद्धिजिवी समाजसेवी, कर्मचारी, शिक्षक तथा निर्वाचन परिचालन समिति भद्रपुर—९ र १० नम्बर वडाद्धारा चन्द्रगढीको देवकोटा चौकमा आयोजीत भेलालाई संवोधन गर्दै वुढाथोकीले उक्त कुरा बताएका हुन् ।

उनले प्रद्रेशको समग्र संरचना, ऐन, नियम, कानुनलगायतका निर्माण संगै आफनो क्षेत्रमा जनअपेक्षा बमोजीम विकास निर्माणको गतिलाई अगाडी बढाउने योजना रहेकोले बताउदै आफु र बाम गठवन्धनका उम्मेद्वारहरुलाई अत्याधिक बहुमतले मतदान गरि विजयी गराउन समेत सर्वसाधाराण सबै मतदाताहरुलाई आग्रह गरे ।

बुढाथोकीले वर्तमान अवस्थामा देशको परिस्थिति अनुरुप बाम एकता आवश्यक रहेको बताउदै निर्वाचन पश्चात नेपालमा वामपन्थीहरुको ५ वर्षे बहुमतको स्थायी सरकार बनेरै छोड्ने दावीसमेत गरे ।

वुद्धिजिवि परिचालन समिति संयोजक पुरुषोतम अधिकारीले सभापतित्व सहित औचित्यमाथी प्रकाश पारेको कार्यक्रममा नेकपा एमाले झापा जिल्ला कमिटी सदस्य असारु राजवंशी , राष्ट्रिय प्रजातन्त्र पार्टी झापा सह सचिव अभिषेक ढुंगाना, माओवादी केन्द्रका नरेश संजेललागायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन डिल्ली अधिकारी र स्वागत रमाकान्त चौधरीले गरेका थिए ।

Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर