काठमाडौ,

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले निर्वाचनपछि जनताले अनुभूति गर्न खालको सरकार पाउने बताउनुभएको छ ।

काठमाडौँ महानगरपालिकाका–४ मा संयुक्त वाम गठबन्धनले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गदै उहाँले भन्नुभयो, ‘‘अहिलेसम्म जनताले जे जस्ता राजनीतिक विकृति देखे, अबको निर्वाचनपछि देख्नुपर्दैन ।”

वाम गठबन्धनबाट निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा उम्मेदवार पोखरेलले आफू निर्वाचनका क्रममा घरदैलोमा हिँड्दा अस्थिर राजनीतिले मुलुकले प्रगति गर्न नसकेको भनी मतदाताबाट विचार पाएको जनाउँदै अब नौ नौ महिनामा सरकार ढालिने खेल नहुने जिकिर गर्नुभयो ।

कार्यक्रममा एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले कांग्रेसले स्मरणयोग्य काम गर्न नसकेको आरोप लगाउँदै वाम गठबन्धनले नै मुलुक बनाउने जिकिर गर्नुभयो । भेलामा काठमाडौ क्षेत्र नं ५ प्रदेशसभा कका उम्मेदवार नारायण सिलवालले आफू निर्वाचित भएपछि सो क्षेत्रको विकासनिर्माणका काममा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

