इनरुवा,
सुनसरीको कोशी गाउँपालिका–३ मा आज जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीयवासी ५० वर्षीया बेचनीदेवी सरदार र ३६ वर्षीया सेजियादेवी सरदार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कोशी टप्पु आरक्षबाट दाउरा लिएर आउँदै गरेका सरदारद्वयलाई आरक्षको छेउमा रहेको उखु खेतबाट निस्केको हात्तीले आक्रमण गर्दा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो ।
हात्तीको आक्रमणबाट स्थानीयवासी ५० वर्षीया विन्दादेवी सरदार गम्भीर घाइते भएकी छन् । उहाँको दाहिने खुट्टा, छाती र मुखमा चोट लागेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवा ल्याइएको तथा गम्भीर घाइतेको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 73