Aamsanchar

घरदैलो कार्यक्रमलाई प्राथमिकता

Author Image
बुधवार, मंसिर १३, २०७४

मेचीनगर,

घरदैलो कार्यक्रमलाई पहिलो प्राथमिकता दिदै उम्मेद्वारहरु टोलटोलमा मतदातासँग भेटघाटलाई तिब्रता दिएका छन् ।

वामपन्थी, प्रगतीशिल राष्ट्रवादी गठबन्धनतर्फ झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका उम्मेद्वार राम कार्की, प्रदेश सभा १ का उम्मेद्वार श्रीप्रसाद मैनाली र २ का गोपालचन्द्र बुढाथोकीले भद्रपुर—९ र १०, मेचीनगर—९, १० र १५ तथा बुद्धशान्ति—५ नम्बर वडाका मतदातासँग भेटघाटलाई तिब्रता दिएका हुन् ।

वाम गठबन्धनको क्षेत्रीय निर्वाचन परिचालन कमिटीका संयोजक विष्णु प्रसाईंका अनुसार गठबन्धनका उम्मेद्वार कार्की, बुढाथोकी र मैनालीले आफ्ना समर्थक, शुभचिन्तकसहित उक्त वडाका विभिन्न टोलमा बुधबार घरदैलो तथा कोणसभा कार्यक्रम गरेका हुन् ।

उम्मेद्वार कार्कीले कम्युनिष्टको सरकार बन्ने कुरामा कुनै शंका नगर्न मतदातालाई आश्वास्त पारे । उनले बामपन्थीको सरकारले जनताका विभिन्न समस्यालाई निराकरण गर्ने दावी गरे ।यस्तै, ‘हामी प्रदेशमा जितेर गएपछि नीति निमार्ण बनाउछौँ, कोण सभामा मतदातालाई विश्वास दिलाउँदै प्रदेश सभाका उम्मेद्वार मैनालीले भने–‘नीति निमार्ण बनाउदा पहिलो प्राथमिकता बुद्धभत्ता ५ हजार रुपैयाँ हुनेछ ।’

त्यस्तै, प्रदेश सभा २ का उम्मेद्वार गोपालचन्द्र बुढाथोकीले सुकुमबासीलाई हामी झुटो आश्वासन बाड्दैनौँ, प्रदेशमा नीति निमार्ण गर्दा सुकुमबासीका दिघैकालिन समस्या हल गर्ने स्पष्ट पारे ।कार्यक्रममा बाम गठबन्धनका नेताहरु विष्णु प्रसाई, देवकुमार राई, हशंलाल राजबंशी, श्यामविर लिम्बुलगायतले चुनावी सभालाई सम्बोधन गरेका थिए ।

Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर