Aamsanchar

पर्यटकीय मार्गमा पुल निर्माण

Author Image
शुक्रवार, मंसिर १५, २०७४

रसुवा, 

पर्यटकीय पदमार्गअन्तर्गत लाङ्टाङ खोलामा पुल निर्माण भएको छ ।

‘समरीटन पर्स’ नामक अन्तर्राष्ट्रिय गैससमार्फत घोडातबेला नजिक लाङ्टाङ खोलामा २७ मि लामो र दुई मि चौडाइको फलामे पुल बनेकोे गोसाइँकुण्ड गाउँपालिका ४ नं वडा कार्यालयले जनाएको छ ।

सो पुलको प्रजिअ चोमेन्द्र न्यौपाने र दाता संस्थाका प्रबन्धक मेलोेडी मोस्कोस्कीले उद्घाटन गरेपछि आजैदेखि आवागमन शुरु भएको प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो । उक्त पुल निर्माणको लागत रु ४० लाख भएको दाता संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर