Aamsanchar

दूधेमा चासोक तङनाम मनाइदैं

Author Image
शनिवार, मंसिर १६, २०७४

[शान्तिराम बस्नेत]
शिवसताक्षी,

किराँत लिम्बुहरुको महान चाड चासोक तङनाम (उधौली पर्व) गत साल झै यसबर्ष पनि शिवसताक्षीको दूधेमा भव्यताका साथ आज आइतबार मनाइदैंछ ।

याक्थुङ नालिफुङवा चुम्भोको आयोजना तथा किराँत याक्थुङ चुम्लुङको सहकार्यमा बिभिन्न मौलिक संस्कृति तथा परम्परागत खेलहरुको साथमा चासोक तङनाम मनाइदैंछ । लिम्बुहरुको जातिय मुख्य चाडको रुपमा रहेको यो पर्व पश्चिमेली संस्कृतिको कारण लोप हुँदैं गएको हुँदा आफ्नो जातिको संस्कार, सस्कृति संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यका साथ गत वर्षदेखि आफ्नै क्षेत्रमा मनाउन थालिएको चुम्भोका अध्यक्ष बिरबल जबेगुले जानकारी दिए ।

कार्यक्रममा लिम्बु पहिचान बोकेको माङलाङ, केलाङ, येबालाङ, यालाङ लगायतका नृत्यहरुको साथै बिभिन्न परम्परागत खेलहरुको समेत प्रतिस्पर्धा हुने आयोजक समितिका सेलिङ केसीले बताए । उनका अनुसार पूर्वी नेपालका विभिन्न क्षेत्रका साथै भारतका दार्जिलिङ, सिक्किमबाट समेत करीब १० हजार कार्यक्रममा सहभागी हुनेछन् ।

कार्यक्रममा मुख्य अतिथिका रुपमा लिम्बु मुन्धुम विज्ञ बालकृष्ण मावोहाङ्गका साथै लोकप्रिय गायक राजेश पायल राई, खगेन्द्र याक्सो, रितुराज लिम्बु, ब्रबिन शेर्मा, दिपा सुहाङ लिम्बु लगायतले विशेष मनोरञ्जन दिनुका साथै पूर्व मिस नेपाल सुबिना लिम्बुको कोरियोग्राफीमा लिम्बु समुदायका दाजुभाइ, दिदीबहिनीहरुले आदिम कालदेखि अहिलेसम्मको लिम्बू जातिय भेषभुषा झल्काउने आयोजक समितिले बताएको छ ।

जमिनमा खेति गरि पाकेको नयाँ अन्नवाली मानिसले नखाई पहिले प्रकृतिलाई नै चढाउने चाडको रुपमा परिचित यो तङनाम बिषेश गरेर लिम्बु समुदाय रहेका क्षेत्रहरु तेह्रथुम लगायत ,पाँचथर, ईलाम, धरान, मोरङ, काठमाडौ र ललितपुर लगायत विदेशका हङकङ, अमेरिका, लगायतका देशहरुमा प्रत्येक बर्ष भव्यताका साथ मनाउने गरिएको छ ।

हरेक बर्षको मंसिर पुर्णिमाको दिन पर्ने यो पर्वलाई राष्ट्रियकरण गर्दै सरकारले यो दिन सार्वजनिक बिदा समेत दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर