Aamsanchar

बसको ठक्करबाट बालकको मृत्यु

Author Image
मङ्गलवार, मंसिर १९, २०७४

झापा,

झापाको खुदुनाबारीबाट विर्तामोड तर्फ आउदै गरेको बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । आज बिहान खुदुनाबारीबाट आउदै गरेको मे १ ख २२४६ नम्बरको बसको ठक्करबाट अर्जुनधारानगरपालिका–३ का आइन्द्र लाम्गादेका ८ वर्षिय छोरा समीरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

तिब्र गतिमा आएको बसले पैदल यात्री बालकलाई अर्जुनधारा–२ झेलेनीमा ठक्कर दिएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट गम्भिर घाइते भएको समीरको बिर्तामोड स्थित बीएण्डसी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्करदिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर