Aamsanchar

प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

Author Image
आइतवार, पौष ९, २०७४

काठमाडौँ, 

नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वमन्त्री बद्रीनारायण बस्नेतकी ७१ वर्षीया धर्मपत्नी पूर्णमाया बस्नेतको निधनमा दःुख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री एवम् सभापति देउवाका तर्फबाट पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति प्रकाशित गरी बस्नेतको निधनप्रति दुःख व्यक्त गर्नुभएको उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले बस्नेतले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा महत्वपूर्ण योगदान गरेको स्मरण गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

नेपाली कांग्रेस मोरङका पूर्व जिल्ला सभापति, पूर्वमन्त्री एवं पूर्व सांसद बस्नेतकी ७१ वर्षीया धर्मपत्नीको आज विराटनगरमा निधन भएको हो ।

Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर