Aamsanchar

इलामबाट झापा जाने बैकल्पिक सडक निर्माण अन्तिम चरणमा

Author Image
सोमवार, पौष १०, २०७४

इलाम ।

इलाम देउमाई नगरपालिकाको मंगलबारेदेखि झापाको विर्तामोडसम्मको सडक आगामी जेठ सम्ममा सम्पन्न हुने भएको छ ।

डेनमार्क सरकारको सहयोगमा निर्माणाधीन यो सडकको ५८ प्रतिशत काम पूरा भएको छ ।उन्नती समावेशी परियोजनाअन्तर्गतको ‘उन्नती इन्क्लोजिफ ग्लोथ’ कार्यक्रममा समावेश यो सडकको स्तरोउन्नतिको काम पनि भइरहेको हो ।

गाग्रेभन्ञ्याङ–जितपुर–सोयाक–वेलवासे–चिसापानी सडक निर्माण भएसँगै इलामका पश्चिमी क्षेत्रका वासिन्दालाई तराई झर्न सहज हुने छ ।

मंगलबारेबाट मेची राजमार्ग हुँदै इलाम–फिक्कलबाट झापा करिव १ सय १० किलोमिटर पार गर्नु पर्छ । तर यो सडक निर्माण भएपछि करिव ६० किलोमिटर सडक पार गर्दा झापाको विर्तामोड पुग्न सकिन्छ ।

सडक निर्माण सम्पन्न भएसँगै स्थानीय उत्पादनलाई बजार पु¥याउन समेत सहज हुने छ ।दुई चरणमा गरेर काम गरिरहेको परियोजनाले ३२ किलोमिटर सडक स्तरोन्नति गर्ने आयोजनाका इञ्जिनियर नितेशकुमार झाले जानकारी दिए ।

सो सडकको ग्याभिन वाल निर्माण र अर्थ वर्कको काम ९० प्रतिशत पूरा भएको छ भने साइड ड्रेन ६५ प्रतिशत र मेसिनको काम ४० प्रतिशत सम्पन्न भएको छ । परियोजनाले २०७३ साल चैतबाट काम सुरु गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर