Aamsanchar

गैरकानूनी हैसियतमा रहेका करीब १६ हजार नेपाली स्वदेश फिर्ता

Author Image
शनिवार, पौष १५, २०७४

झापा ।

मलेसियाबाट यसवर्ष करीब १६ हजार गैर कानूनी हैसियतका नेपाली कामदार स्वदेश फर्किएका छन् ।

वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेपनि विभिन्न कारणले गैरकानूनी हैसियतमा रहेका १५ हजार ८ सय ५५ नेपाली कामदार स्वदेश फर्किएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । दूतावासको तथ्यांकअनुसार यसवर्ष सो संख्यामा एकतर्फी अस्थायी यात्रा अनुमतिपत्र जारी भएको हो ।

गैरकानूनी हैसियतका नेपाली स्वदेश फिर्न नेपाली दूतावासबाट यात्रा अनुमतिपत्र लिनुपर्ने प्रावधान छ । त्यस्तो पत्रका लागि कामदारले १ सय ६० रिंगिट शुल्क तिर्नुपर्ने प्रावधान छ । ती बाहेक आफूसँग भिसा नभएको तर राहदानी भएकाहरुले भने यात्रा अनुमतिपत्र लिनुपर्दैन ।

उनीहरुले सोही राहदानीमा आफैं मलेसियाली अध्यागमन कार्यालयमा पुगेर जरिवाना र आउटपासका लागि अतिरिक्त शुल्क तिरेपछि हवाई टिकट व्यवस्था मिलाई नेपाल फर्कन सक्छन्-रेडियो कान्तिपुरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर