Aamsanchar

कचनकवलको बजेट ३८ करोड

Author Image
शुक्रवार, माघ १९, २०७४

भद्रपुर, 

झापाको कचनकवल गाउँपालिकाले रु ३८ करोड ६७ लाख ६८ हजारको वार्षिक आय व्ययसहितको बजेट पहिलो गाउँपालिका परिषद्बाट पारित गरेको छ ।

परिषद्ले पूँजीगततर्फ रु १६ करोड ८६ लाख ७२ हजार, चालूतर्फ रु १५ करोड ३३ लाख ६३ हजार र सामाजिक सुरक्षा भत्तातर्फ रु पाँच करोड ७६ लाख २६ हजार विनियोजन गरेको छ ।

यस्तै, दैवी प्रकोप राहतमा रु ६१ लाख ९७ हजार, पूँजीगततर्फ विभिन्न कोषका लागि रु ८५ लाख ४९ हजार तथा गाउँपालिकाको लक्षित कार्यक्रमतर्फ रु ६३ लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका अधिकृत रेखनाथ दाहालले बताउनुभयो ।

Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर