खुदुनाबारी,
अर्जुनधारा–३ स्थित भानु आधारभूत विद्यालयले अर्जुनधारा नगरपालिकाका प्रेस संयोजक सागर गौतम सहित पूर्व प्रध्यानध्यापक, पूर्व शिक्षक, पूर्व व्यवस्थापन समिति अध्यक्ष, सदस्य, अक्षयकोषदाता, जग्गादाता महानुभावहरुलाई सम्मान गरिएको छ ।
विद्यालयको स्वर्ण जयन्तीको अवसरमा विद्यालयलाइ ५० औं बसन्तमा पु¥याउन उल्लेख्य भूमिका प्रदान गरेको भन्दै उनीहरुलाई सम्मान गरिएको हो । संयोजक गौतमले सो विद्यालयमा गणित र विज्ञान विषयका शिक्षकको रुपमा केही वर्ष अध्यापन गराएका थिए । सम्मानित हुनेहरुमा पूर्व प्रध्यानध्यापक श्री प्रसाद बिमली, अर्जुन कुमार भट्टराई, चन्द्र प्रसाद सुवेदी रहेका छन् । त्यस्तै अम्बिका भट्टराई, रोहिता खतिवडा, शान्तिराम कोइराला, श्याम सुन्दर नेपाल, लिलाबल्लभ खतिवडा, नितेश शिवाकोटी, शान्ता पौड्याल, चिरञ्जवी शिवाकोटी, विष्णुमाया गहतराज, रमेश अधिकारी, ऋषिकेश खतिवडा, टिका उप्रेती, तारा काफ्ले, तारा गौतम, पदम कार्की, किरण कार्की रहेका छन् ।
पूर्व व्यवस्थापन समिति अध्यक्ष तर्फ मुक्तिनाथ खतिवडा, लक्ष्मी प्रसाद इङ्नाम, दिनानाथ खतिवडा, नरेन्द्र चापागाई, कृष्णमाया खड्का, झुमादेवी लम्साललाइ सम्मान गरिएको थियो भने पूर्व व्यवस्थापन समिति तर्फ चन्द्र बहादुर भट्टराइ, विजय कुमार बुढाथोकी, विष्णुमाया नेपाल, मेदनी चापागाई, विमला धमला, हरिराम शर्मा, मदन कुमार बाँस्कोटा, पूर्ण बहादुर भट्टराई, निरा सुवेदी, इन्द्र नेम्वाङ, हरि बाग्ले, धरणी खतिवडा, टंक निरौला, कविता रिजाल, भोला बराल, उदय गहतराज, विष्णु दुलाल, केदार कुवँर, तारा भण्डारी, राम कुमार महत समेतलाइ सम्मान गरिएको थियो ।

अम्बिका महत, तुलसा भट्टराइ, याम माया घिमिरे, मातृका खतिवडा, लोक नाथ बुढाथोकी अक्षयकोषदाताको तर्फबाट सम्मानित भएका थिए । त्यस्तै जग्गा दाता तर्फ जगमाया कुँवर र खोमा देवी कार्की सम्मान गरिएको थियो । त्यस्तै भवन दाता तर्फ खोमा देवी कार्की, कृष्ण कार्की, निर्मला कार्की र होम बहादुर कार्की सम्मान गरिएको थियो भने सरस्वती मन्दिर दाता तुलसा बिमलीलाइ पनि सम्मान गरिएको थियो । उनीहरुलाई सम्मानपत्र र दोसल्ला ओडाएर कार्यक्रमका प्रमुख अतिर्थी अर्जुनधारा नगरपालिका प्रमुख हरि कुमार राना सहित बिसिष्ट अतिर्थीहरुले गरेका थिए । कार्यक्रमलाई प्रमुख अतिथि तथा विशेष अतिथिले सम्बोधन गदै पुरस्कृत व्यक्तिहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष बम बहादुर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संविधान सभा सदस्य प्रेम बहादुर गिरी, अर्जुनधारा नगरपालिकाका उप–प्रमुख कमला खतिवडा, जिल्ला शिक्षा अधिकारी योगेन्द्र बराल, नगर शिक्षा अधिकृत जानुका गुरागाइ, वडाअध्यक्ष जीवन कुमार भण्डारी, १० नम्बर वडा अध्यक्ष बलदेव गोम्देन लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा विद्यालयको विगत देखि वर्तमान सम्मको अवस्था बारे प्रतिवेदन विद्यालयका प्रध्यानध्यापक हेम बहादुर कार्कीले प्रस्तुत गरेका थिए ।
बरिष्ठ संगीतकार टिका भण्डारी, गायक श्रीकृष्ण लुइटेल सहित स्थानीय गायक लजन फ्याक, सन्तोष आले, नृत्य आरजी उप्रती लगायतले प्रस्तुती दिएर कार्यक्रमलाइ थप रोचकता प्रदान गरेका थिए । पूर्व विद्यार्थी मञ्चका अध्यक्ष पदम कार्कीले आयोजनामा सम्पन्न कार्यक्रममा युवराज महत, नसीम कार्की लगायतको संक्रियता थियो । शिक्षक लिलाधर खतिवडाले स्वागत मन्तव्य प्रकट गरेको कार्यक्रम संञ्चालन खगेन्द्रा खुसीले गरेकी थिइन ।


