Aamsanchar

ग्राहकसँग आइएमई

Author Image
शुक्रवार, माघ १९, २०७४

धुलाबारी ।

आफ्नो देशव्यापी कार्यक्रम अन्तर्गत आइएमई अटोमोटिभ्सले शुव्रmवार धुलाबारीमा फ्री सर्भिस क्याम्प सम्पन्न गरेको छ ।

झापामा रहेका आफ्ना १२ वटा ग्राहक कम्पनीलाई लक्षित गरी सो क्याम्पको आयोजना गरेको आइएमई अटोमोटिभ्सका इटहरी शाखाका सर्भिस इन्जिनियर विवेक रायमाझीले जानकारी दिए ।

क्याम्पमा आफ्ना ग्राहकको ब्याकोलोडर, क्रेन, रोलर लगायतका मेसिनको बिना लेभर शुल्क मर्मत गरिएको छ । त्यसैगरी, ग्राहकलाई आवश्यक मेसिनका पार्टपूर्जाहरु पनि १० प्रतिशत छुटमा बिक्री गरिएको इन्जिनियर रायमाझीले जानकारी दिए ।

एन्नुएल मेन्टिनेन्स कन्ट्रयाक (वार्षिक प्रबन्ध सम्झौता) अन्तर्गत सो कार्यक्रम धुलाबारीमा राखिएको थियो । सो सम्झौता अनुसार ग्राहकले वार्षिक ३५ हजार तिरेर आइएमई अटोमोटिभ्सबाट निःशुल्क सेवाका साथै पार्टपूर्जामा १० प्रतिशत छुट पाउने गर्दछन् । पूर्वाञ्चलका अन्य विभिन्न स्थानमा पनि यो क्याम्प राखिने रायमाझीले बताए ।

Views: 309

प्रतिक्रिया (०)

सम्बन्धित खबर