Aamsanchar

महिला पत्रकार शेर्पाले सगरमाथा आरोहण गर्ने

Author Image
शुक्रवार, माघ २६, २०७४

काठमाडौँ, 

पर्यतीय पर्यटनको प्रवद्र्धन र नव आगन्तुक पत्रकार महिलालाई हौसला दिने उद्देश्यका साथ पत्रकार डोमा शेर्पाले आगामी चैतमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने घोषणा गर्नुभएको छ ।

आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उहाँले ‘पहिलो महिला शेर्पा पत्रकार सगरमाथा आरोहण २०१८’ को तयारीका लागि गत मंसिर २५ गते सोलुखुम्बुमा रहेको छ हजार १८९ मिटर उचाइको आइसल्याण्ड पिकमा सफल आरोहण गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सगरमाथा आरोहणको मुख्य उद्देश्य पर्वतीय पर्यटनलाई महत्व दिन र राष्ट्रिय , अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नका लागि हो ।”

दूधकुण्ड नगरपालिका वडा नं ३ सोलुखुम्बु निवासी शेर्पा हिमाली सन्देश डट कमका सञ्चालक हुनुका साथै आदिवासी जनजाती पत्रकार महासंघका सदस्य पनि हुनुहुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 300

प्रतिक्रिया (०)

सम्बन्धित खबर