झापा ।
प्याव्सन झापाको वार्षिक कार्यक्रम अनुसार ‘प्याव्सन मिट झापा’ का खेलहरु अन्तिम चरणमा पुगेका छन् । प्याव्सन झापाको आयोजनामा माघ २५ गतेबाट सुरु भएको प्रतियोगिता झापाका ८ वटा क्षेत्रमा धमाधम भइरहेको छ ।
प्रतियोगितामा एथ्लेलिटक्सतर्फ १ सय, २ सय, ४ सय र ८ सय मिटरको छात्रा छात्र दौड, छात्र छात्र हाइजम्प र लङजम्प, सिङ्गल डबल टेवलटेनिस जुनियर र सिनियर, जुनियर छात्र फुटबल जुनियर,छात्रा छात्र भलिबल, सिनियर छात्र क्रिकेट प्रतियोगिताहरु सञ्चालन भइरहेको प्याव्सन झापाका अध्यक्ष कोषराज प्याकुरेलले जानकारी दिए ।
२ सय ५० विद्यालयका करिब १० हजार विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गरिरहेका छन् । उनीहरु हरेक विधामा छनोट भएर प्रथम हुने टिम अथवा विद्यार्थीलाई जिल्लास्तरीय प्रतियोगितामा सहभागि गराइने छ ।
प्रतियोगिताको फागुन ५ र ६ गते आदीवासी रङ्गशालामा जिल्लास्तरीय प्रतियोगिताका साथ समापन हुने प्याव्सन झापा क्षेत्र नम्बर ३ मेचीनगरका संयोजक डम्बर रुचालले बताए ।