Aamsanchar

शान्तिपुर–झापा एकता मञ्चको गठन

Author Image
सोमवार, माघ २९, २०७४

बिर्तामोड,

समाजिक एकता तथा सद्भावलाई बलियो बनाउदै जन्मभूमी प्रति उत्तरदायि हुने उद्धेश्यले शान्तिपुर–झापा एकता मञ्चको गठन भएको छ ।

इलामको शान्तिपुरमा जन्मेर झापाका विभिन्न स्थानमा रहेका शान्तिपुरबासीहरुलाई एकिकृत गर्दै जन्मभुमी प्रति केहि गरौं भन्ने उद्धेश्यले झापाको बिर्तामोडमा सोमबार एकता मञ्चको गठन गरिएको हो ।

एक महिना भित्र शान्तिपुर र झापामा के कस्ता कामहरु गर्न सकिन्छ भन्ने निक्यौल निकाल्दै अघि बढ्न तदर्थ समिति निमार्ण गरिएको छ । ज्ञानेन्द्र अधिकारीको संयोजकत्वमा गठन भएको समितिमा नरेन्द्र ढकाल, शम्भु दाहाल, प्रविन खड्का, विजय साउदेन,शेखर कार्की, मिलन चाम्लिङ्ग, खगेन्द्र तिम्सिना र प्रेमदिवास राईलाई सदस्यमा चयन गरिएको छ ।

समितिले विधान तयार गरेर चैत्र ५ गते सोमबार बस्ने अर्को बैठकबाट पारित भएपछि मात्रै दर्ता प्रक्रियामा लैजाने निर्णय समेत गरेको छ । एकता नै बल हो भन्ने सन्देश दिनका लागी शान्तिपुर–झापा एकता मञ्चको गठन गरिएको बताइएको छ ।

शैक्षिक क्षेत्र, स्वास्थ्य, ब्यपार–ब्यवसाय,सञ्चार लगायत विभिन्न कर्ममा आवद्ध रहेका ५० जनाभन्दा बढी शान्तिपुरबासीको सहभागिता रहेको थियो । हाल रोङ गाँउपालिका–१ र २ नम्बर वडा परेपनि साविक शान्तिपुरलाई नै स्थापित गर्दै शान्तिपुरको पहिचान झल्काउने उद्धेश्यले शान्तिपुर–झापा एकता मञ्च निर्माण गरिएको बताइएको छ ।

उक्त भेलाले झापाका विभिन्न स्थानमा रहेका शान्तिपुरबासीहरुलाई सम्पर्क गर्न पनि आह्वान गरेको छ । सथै भेलाले हाल शान्तिपुरमा आफ्नो थाकथलो नभएपनि कुनै सेवा गर्दा वा जन्ममात्रै पनि शान्पिुरमा भएकाहरुले पनि यो समितिका आवद्ध हुन सकने जनाइएको छ । शान्तिपुर प्रति माया र सद्भाव राख्ने जो सुकै ब्यक्तिले पनि समितिमा रहेर यो संस्थालाई अगाडि बढाउन सक्ने उल्लेख गरिएको छ । राजनीतिदेखि विशुद्ध अलग रुपमा निर्माण गरिएको यो संस्थाले सामाजिक कामलाई मात्र अघि बढाउने उद्धेश्य राख्नुपर्नेमा सहभागिहरुको एकमत देखिएका थिए । समिति गठन र संस्थाको विषयमा संयोजक ज्ञानेन्द्र अधिकारीले प्रष्ट पारेको कार्यक्रमको सञ्चालन नरेन्द्र ढकालले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर