बिर्तामोड,
छठ समाज सेवा समिति बिर्तामोडको अध्यक्षमा घनश्याम चौधरी चयन भएका छन् ।संस्थाको बिर्तामोडमा भएको १०औं साधारणसभाले चौधरीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।
समितिको बरिष्ठ उपाध्यक्ष सञ्जय शर्मा, उपाध्यक्षमा राजकुमार गुप्ता, रामेश्वर द्विवेदी, महिला उपाध्यक्ष संगीता रौनियार, महासचिव मनोज साह रौनियार, सचिव शत्रुधन गुप्ता, सह–सचिव शंकर भगत, कोषाध्यक्ष राजकुमार साह, सह–कोषाध्यक्ष अशोक चौधरी रहेका छन् ।
त्यस्तै सदस्यहरुमा दिलीप दास, इन्द्रजीत चौधरी, कृष्णा सर्राफ, बरुण चौधरी, बिजयी चौधरी, अनन्तलाल महतो, उत्तम चौधरी, बिजय ठाकुर, बिकी चौधरी र जनसम्पर्क तथा मिडिया प्रभारीमा दीपक साफी चयन भएका छन् । सोही साधारणसभाले सल्लाहकार समिति समेत चयन गरेको छ । सल्लाहकार समिति समितिका रामपृत शर्मा, प्रेमचन्द्र चौधरी, देवेन्द्रकुमार सिंह, त्रिलोकी साह, महेन्द्रभुषण साह, रामनारायण चौधरी, सत्यनारायण चौधरी, प्रभु साह, जनार्दन साह, बिजय सर्राफ रहेको निर्वाचन अधिकृत बलराम कार्कीले जानकारी दिए ।
सोही कार्यक्रममा नयाँ समितिले पुरानो समितिलाई पदहस्तान्तरण समेत गरेको थियो । संस्थाका अध्यक्ष शत्रुधन चौधरीले नवनिर्वाचित अध्यक्ष घनश्याम चौधरीलाई पद हस्तान्तरण गरेका थिए । बिर्तामाड नगरपालिकाका मेयर धु्रवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, नेपाली कांग्रेसका नेता भगीरथ पोद्दार, नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडका सभापति सजेश शिवाकोटी, बिर्तामोड नगरपालिका–३का वडाध्यक्ष भोजराज सिटौला, दीपक तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सोही कार्यक्रममा एकापसमा रंग दलेर होली मिलन समेत गरिएको थियो । पहिलो चरणको कार्यक्रम शत्रुधन चौधरीको अध्यक्षतामा भएको थियो भने बन्दसत्र पछिको कार्यक्रम घनश्याम चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन मनोजकुमार साहले गरेका थिए ।