Aamsanchar

‘अलैंची निर्यातमा राज्यको नीति परिर्वतन आवश्यक’

Author Image
मङ्गलवार, फागुन १५, २०७४

(नरेन्द्र ढकाल)
झापा ।

कृषि नीति गलत भएकाले नेपालमा उत्पादन भएका कृषिले ब्यवसायीकता हासिल गर्न नसकेको एक कार्यक्रमका सहभागि वक्ताले जोड दिएका छन् । नेपाल अलैंची ब्यवसायी महासंघले मंगलबार झापाको बिर्तामोडमा गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सरकारको नीतिकै कारण कृषि जन्य वस्तुले बजारिकण हुन नसकेको बताएका छन् । प्रदेश नम्बर–१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले सरकारको कृषि नीति असफल भएकाले अब कृषि नीतिलाई ब्यापक परिर्वतन गर्नुपर्ने बताएका छन् ।

]
उनले प्रदेश नम्बर–१ मा चिया, अलैंची, पर्यटनको प्रसस्त सम्भावना रहेको बताएका छन् चिया क्षेत्रको समस्या समाधन गर्नका साथै अलैंचीलाई विश्व बजारमा पु¥याउन प्रदेश सरकारले गर्ने आवश्यक सहयोग गर्ने बताए । कानुनमन्त्री कार्कीले नीतिलाई सुधार गर्दै अलैंचीका विषयमा कुन कुराको आवश्यक हो त्यो विषयमा आवश्यक छलफल गर्दै कानुन निर्माणका लागी प्रदेश सरकार तयार रहेको बताएका छन् ।

कानुनमन्त्री कार्कीले भारतबाट ४० अर्ब रुपैंयाको कृषिजन्य बस्तु आयत हुने गरेको भन्दै पहिला आयतलाई प्रतिस्थापन गर्दै नियार्त गर्ने तर्फ सबैले ध्यान दिनुपर्ने विचार ब्यक्त गरेका छन् । झापा,मोरङ र सुनसरीको कृषि क्षेत्रको विकास गर्न सकेमात्रै पनि नेपाल खाद्यन्नमा आत्मनिर्भर हुने धारणा ब्यक्त गरेका छन् ।

नेपालमा अलैंची उत्पादनर बजारमा भएको समस्यालाई समाधान गर्ने विषयमा तीन तहका सरकारले पहल गर्ने जिल्ला समन्व्य समिति झापाका प्रमुख सोमनाथ र्पोतेलले बताएका छन् । उनले स्थानीय सरकारले कानुन निर्माण गर्न नसक्ने तर बजारिकरण तथा प्रवद्र्धनमा सहयोग गर्न भने तयार रहेको बताएका छन् । कृषि, पर्यटन र जलस्रोत क्षेत्रको विकास गर्न सकेमात्रै पनि प्रदेश नम्बर–१ लाई समृद्ध बनाउन सक्ने बताए । उनले अलैंची ब्यवसायी तथा किसानका समस्या समाधन गर्न स्थानीय तहबाट गर्नुपर्ने सम्पूर्ण सहयोग गर्न तयार रहेको धारणा ब्यक्त गरे ।

अन्र्तक्रिया तथा स्वागत सम्मान कार्यक्रममा बोल्दै बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतरा प्रसाईले अलैंची ब्यवसायीहरु उचित मुल्य नपाएर समस्यामा परिरहेका बेला विभिन्न चन्दा आतंकलले पनि हैरान भएको भन्दै राजयले अब किसानदेखि ब्यवसायीको समेत सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने बताइकी छन् । उनले नेपालबाट निर्यात हुदै आएको अलैंची,अदुवा, अम्लिसो कच्चा पर्दाथको रुपमा मात्र रहेकाले अब यसलाई ब्यवसायीक हिसाबमा यही प्रशोधन गरेर तयारी वस्तु नै निर्यात गर्ने तर्फ सबैले ध्यान दिनुपर्ने बताएकी छन् ।

उनले कृषिको विषयमा राज्यले नीति परिर्वतन गर्न आवश्यक रहेकाले स्थानीय, प्रादेशीक र संघिय सरकारले यो विषयमा ठोस पहल गर्न आवश्यक रहेको विचार ब्यक्त गरिन् । कार्यक्रममा बोल्दै बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, अलैंची ब्यवसायी महासंघका सल्लाहकार दिनेश मित्तल लगायतले शुभकामना ब्यक्त गरेका छन् । उनीहरुले कृषिको विकासका लागी नीति नै बाधक रहेको धारणा ब्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै नेपाल अलैंची ब्यवसायी महासंघका अध्यक्ष निर्माल भट्टराईले नेपालमा वार्षिक पाँच हजार मेट्रिक टन अलैंची उत्पादन हुने बताए । नेपालको १५ हजार ४ सय हेक्टर जमिनमा अलैंची खेती हुने जानकारी दिएका छन् । नेपालमा उत्पादन भएको अलैंची भारतमा मात्रै निर्यात हुदैं आएकोमा अब भारतको विकल्प खोज्ने बेला भएको अध्यक्ष भट्टराईले बताए । उनले अलैंचीको मुल्यमा ३०० प्रतिशत गिरावट आएकाले अब कच्चा वस्तु निर्यात भन्दा प्रशोधन गरेर तयारी वस्तु निर्यात गर्ने विषयमा राज्यले सोच्नुपर्ने बताएका छन् ।

अलैंची ब्यवसायी महासंघले अलैंचीको प्रशोधन गर्न एक हजार जनालाई रोजगारी दिएको जानकारी दिए । अलैंची निर्यायतबाट मात्रै राज्यमा ६ अर्ब भन्दा बढी रकम भित्र्ने भट्टराईले बताए । बंगलादेशमा पनि नेपालको अलैंचीले राम्रो बजार पाउने भएपनि सरकारले बगलादेश सरकारसंग गरेको ब्यपारिक सम्झौंतामा अलैंचीm अदुवा, अम्लिसो जस्ता कृषिजन्य बस्तु नपर्नु दुखको कुरा भएको अलैंची ब्यवसायी महासंघका महासचिव ओमकृष्ण विमलीले बताए । उनले प्रदेश नम्बर–१ क ८ वटा जिल्लामा अलैंचीको खेती हुने जानकारी दिए ।

नेपालबाट उत्पादित अलैंची भारतमा मात्र नभएर अन्य देश तर्फ निर्यात गर्ने बाटोमा राज्यले अहम भूमिका खेल्नुपर्ने अलैंची ब्यवसायी महासंघका कोषध्यक्ष सुवास भट्टराईले बताए । उनले अब कच्चा पदार्थ बिक्रि गरेर कृषि क्षेत्रको विकास गर्न नसकिने बताए । कार्यक्रममा अलैंची ब्यवसायीहरुको सहभागिता रहेको थियो । उपस्थित सबैले अब गुणस्तरमा ध्यान दिनका लागी ब्यवसायी, किसान र राज्यले सोभ्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर