Aamsanchar

अग्निपीडितलाई सहयोग

Author Image
बुधवार, फागुन १६, २०७४

इटाभट्टा ।

मेचीनगर ५ मन्सिगाउँका आगलागि पीडित दर्जी परिवारलाई विभिन्न दाताहरुले सहयोग गर्न सुरु गरेका छन् ।

फागुन १३ गते आमा कालीमाया दर्जीको निधन भएका बेला दर्जी परिवारको घर आगलागी भएको थियो । आगलागीबाट उनीहरुको सबै जायजेता जलेर खरानी भएको थियो ।

मेचीनगर लेडी जेसीजले बुधवार घरैमा पुगेर आर्थिक तथा भौतिक सहयोग गरेको छ । २४ गते मनाइने नारी दिवसलाई जेसीजले रद्ध गरेर त्यसमा लाग्ने खर्चलाई अग्नि पीडितलाई सहयोग गरेका हुन् । उनीहरुले एक बन्डल टिन, ५ हजार रकम र फलफुल प्रदान गरेका थिए । हरेक वर्ष जेसीजले नारी दिवस मनाउँदै आएको जेसीजले यो वर्ष दर्जी परिवारमा परेको दुःखमा साथ दिनका लागि रद्ध गरिएको वर्ष २०१८ कि अध्यक्ष सुनिता पनेरुले बताइन् ।

जेसीजकी संस्थापक अध्यक्ष कविता शर्मा, निवर्तमान अध्यक्ष शोभा श्रेष्ठ, पूर्व अध्यक्ष उषा श्रेष्ठलगायत जेसीजका पदाधिकारीहरुले उक्त सामाग्री प्रदान गरेका हुन् ।

यसैगरी बाहुनडाँगी जेसीजले पनि अग्नि पीडित दर्जी परिवारलाई आर्थिक सहयोग गरेको छ । जेसीजले नगद ६ हजार २ सय ५० रुपैयाँ संकलन गरेर अध्यक्ष जीवन मोते, महासचिव सागर कार्की र तालिम संयोजक देबु बानियाँले हस्तान्तरण गरेका थिए ।

यसैगरी, मेचीनगर ८ का युवा समाजसेवी बालकृष्ण ढुङ्गानाले ३ हजार मुल्य बराबरको २ बोरा चामल दर्जी परिवारलाई हस्तान्तरण गरे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर