Aamsanchar

चैत २ गते उपसभामुखको निर्वाचन

Author Image
आइतवार, फागुन २७, २०७४

काठमाडौँ, 

प्रतिनिधिसभाका उपसभामुखको चयन आगामी चैत २ गते शुक्रबार १३.०० बजे हुने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकले उपसभामुखको मिति तोकेको हो । सभामुख कृष्णबहादुर महराले उपसभामुख चयनको निर्वाचन प्रक्रिया तत्काल अगाडि बढाउन संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भटृराईलाई निर्देशन दिनुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक आगामी चैत २ गते १३.०० बजे बस्नेछ ।

Views: 348

प्रतिक्रिया (०)

सम्बन्धित खबर