Aamsanchar

छब्बीस व्यवसायीमाथि मुद्दा दायर

Author Image
सोमवार, फागुन २८, २०७४

काठमाडौँ, 

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले चालु आर्थिक वर्षमा उपभोक्ता हितविपरीत काममा सहभागी २६ व्यवसायीलाई मुद्दा दायर गर्ने भएको छ ।

विभागले यहाँ आज पत्रकार सम्मेलन गरी सबै क्षेत्रमा तीन हजार ५६० व्यावसायिक संस्थाको अनुगमन गरिएकाम गलत गरेको पाएपछि तिनलाई कारबाही गर्न लागिएको बताएको छ । विभागले अन्यलाई पनि नवीकरण गर्न, विज्ञापनपाटी राख्न, म्याद नाघेका सामग्री बिक्रीवितरण नगर्न र व्यवसाय दर्ता नगर्न निर्देशन दिएको छ ।

यसैबीच विभागले आगामी चैत १ गते अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवस मनाउने भएको छ । अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवस मूल समारोह समितिका संयोजक कुमारप्रसाद दाहालका अनुसार दिवस मनाउने क्रममा काठमाडौँ उपत्यकाका लगनखेल, माइतीघर, भृकृटीमण्डप, बालाजु, चाबहिल, महारागञ्ज, मैतीदेवी, बानेश्वर, कलंकी, सुन्धारा र कोटेश्वरमा उपभोक्ता जागरण कार्यक्रम गरिएको छ ।

संयोजक दाहालले उपभोक्तालाई सचेत भएर सामग्री उपभोग गर्न आग्रह गर्नुभयो । केही समयअघि चाडबाडका समयमा मात्र बजार अनुगमन गर्दै आएको विभागले पछिल्लो समय नियमित रुपमा गर्दै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर