Aamsanchar

यसरी हुन्छ सुन तस्करी ? आइरनभित्र सुन

Author Image
बिहिवार, चैत १, २०७४

झापा।

कपाल सिधा पार्न प्रयोग हुने हेयर इलेक्ट्रेनिक आइरनमा लुकाएर सुन तस्करीमा संलग्न रहेका झापा दमकका एक व्यक्तिसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जको टोलीले दमक नगरपालिका–९ निवासी होमवहादुर वुढाथोकी सहित ६ जनालाई सुनसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तत्कालीन बाग्लुङ अमरभूमि गाविस–६ घर भई काठमाडौं बस्दै आएकी ३३ वर्षीया शशीकला भण्डारी, काठमाडौं जडीवुटी–३२ निवासी ४३ वर्षीय सरोज केसी, काभ्रे सखुपाटी चौर–७ घर भई कोटेश्वर ३२ निवासी ३५ वर्षीय जीवन शाक्य, भक्तपुर ठिमी–११ घर भई हाल काठमाडौं नगरपालिका–३२ निवासी ३५ वर्षीय बिजु बज्राचार्य र काठमाडौं महानगरपालिका–३२ कै २० वर्षीय योगेश मगर रहेका छन् ।

दुवई एयरलाइन्सबाट आएका बुढाथोकीले हेयर इलेक्ट्रोनिक आइरनमा लुकाएर ल्याएको सुनसहित उनीहरुलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ । सुन सरोज केसीले चलाएको बा१६च ३५१० नं. को कालो रंगको बलेनो कारमा राखी लैजाँदै गरेको अवस्थामा सिनामंगलस्थित काठमाडौ मेडिकल कलेजको अगाडि कार रोकेर जाँच गर्दा फेला परेको थियो । कारमा रहेका शशीकला भण्डारी गुरुङ, सरोज केसी र होम बहादुर बुढाथोकीलाई लुकाई ल्याएको सुनसहित पक्राउ गरेको थियो ।

शशीकला भण्डारी गुरूङका श्रीमानले दुवईबाट हेयर इलेक्ट्रेनिक आइरनमा सुन लोड गरी लुकाई छिपाई नेपालमा पठाउने काम निरन्तर गर्दै आएको र यसरी पठाएको सुन शशीकला र सरोज समेतले प्राप्त गरी काठमाडौ कोटेश्वरस्थित बज्राचार्य गहना प्रालि र शाक्य अर्नामेन्ट समेतमा बिक्री गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर