Aamsanchar

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता

Author Image
बिहिवार, चैत १, २०७४

काठमाडौँ, 

मन्त्रिपरिषद् विस्तार र उपसभामुखको निर्वाचनलगायतका विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटरमा भएको सो भेटमा नेकपा (एमाले) र केन्द्रबाट थप गरिने मन्त्रीका विषयमा छलफल भएको थियो । सरकारमा आउन इच्छुक संघीय समाजवादी फोरमलाई समेट्ने विषयमा पनि उहाँहरुबीच छलफल भएको थियो । हालसम्म दुई चरणमा मन्त्रिमण्डल विस्तार भए पनि पूर्णता पाएको छैन ।

यही चैत २ मा हुने उपसभामुखको निर्वाचनका विषयमा पनि उहाँहरुबीच छलफल भएको प्रधानमन्त्रीका सूचना प्रेषक रामशरण बजगाईंले जानकारी दिनुभयो । वाम गठबन्धनबीच एमालेले उपसभामुख पद लिने यसअघि समझदारी भएको थियो ।

Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर