Aamsanchar

युरोकप उपाधिका लागि फ्रान्स र पोर्चुगल भिड्दै

Author Image
आइतवार, असार २६, २०७३

झापा ।

10072016082512france-vs-portugal-600x0

१५ औं संस्करणको युरोकप फुटबलको उपाधिका लागी आज आयोजक फ्रान्स र पोर्चुगलबीच प्रतिस्पर्धा हुँदैछ । उपाधि भिडन्त पेरिसस्थित स्टेड डी फ्रान्स स्टेडियममा नेपाली समयानुसार राती पौने १ बजे हुनेछ ।

पहिलो सेमिफाईनलमा वेल्सलाई २–० ले हराउँदै उपाधि नजिक पुगेको पोर्चुगल ईतिहास रच्न मैदान उत्रनेछ् । उता घरेलु समर्थकको साथ पाएको फ्रान्स पनि उपाधि घरमै राख्ने दाउमा छ । दोश्रो सेमिफाईनलमा उपाधिको दाबेदार मानिएको जर्मनीलाई २–० ले हराएर उपाधि नजिक पुगेको फ्रान्स आज थप उच्च मनोबल सहित मैदान उत्रनेछ ।
दुई राष्ट्रबीचको यो २५ औं भेट हो । यसअघिका भेटमा फ्रान्सले १८ खेल आफ्नो पक्षमा पारेको छ भने ५ खेल पोर्चुगलले जितेको छ । एक खेल भने बराबरीमा सकिएको छ ।
यसैबीच, फाईनल खेलको लागि पेरिसको सुरक्षा व्यवस्था कडा पारिएको छ । मैदान भित्र र बाहिरको सुरक्षा व्यवस्था थप मजबुत बनाईएको अधिकारीहरुले जनाएका छन् । आंतकबादीहरुको निशानामा पर्न सक्ने भन्दै रंगशाला आसपासमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

 

८ महिना अघि जर्मनी र फ्रान्सबीचको मैत्रिपूर्ण फुटबल भइरहेको समयमा सोहि मैदानमा भएको आतंकवादी आक्रमणलाई मध्यनजर राख्दै उच्च सुरक्षा सर्तकता अपनाएको अधिकारीहरुले जनाएका छन् । सो आक्रमणमा १ सय ३० जनाको मृत्यु भएको थियो भने सयौ घाईते भएका थिए । एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर