Aamsanchar

वृन्दाको लक्ष्य प्राप्ति हुने संकेत

Author Image
शुक्रवार, चैत ९, २०७४

(शान्तिराम बस्नेत)
शिवसताक्षी ।


समाजसेवा तथा कन्या गुरुकुलम स्थापना गर्ने महान उद्देश्यका साथ कठोर तपस्यामा बसेकी वृन्दादेवी बराल (निरौला) को लक्ष्य प्राप्ति हुने संकेत देखिएको छ ।

उनको सोंच गुरुकुलम स्थापना गर्ने मात्र हैन, समाजमा रहेका निरक्षर महिला तथा अनाथ बालबालिकाहरुको उद्दार गरि सेवा गर्ने लक्ष्य राखिएको छ ।
यो गर्मी यामको समयमा पृथ्वीको सहतभन्दा ९ फुट गहिरो खाडलमा ९ दिन, ९ रातसम्म बस्नु चानचुने कुरा होइन । खाडलमात्र नभइ ९ माथि फिट गल्ला ओछ्याइ त्यसमाथि प्लाइउड बिछ्याई प्लाष्टिक ओछ्याएर माटोले पुरै छोपिएको छ । जसमा पूर्णरुपमा जमराहरु उम्रिसकेको प्रष्टै देखिन्छ ।

वृन्दाले आफू भू तपस्यामा जानुअघि ३ दिनदेखि खाना समेत खाएकी थिइनन् । वृन्दाको त्यस्तो कठोर तपस्या सफल बनाउन त्यहाँस्थित दिव्य पथ महिला सरोकार समाज, नव दिवसीय वैष्णोदेवी धनधान्याञ्चल महायज्ञ मूल आयोजक समिति, स्थानीय समाजसेवी, वुद्धिजीवि, विभिन्न संघसंस्थाहरु तपस्या तथा कार्यसफलताका लागि परेका छन् ।

उनले भुतपस्यामा आफुलाई इश्वरीय शक्ति ब्रम्हाण्डीय शक्ति प्राप्त भई तपस्या सफल हुने बताएकी छिन् साथै उनले विज्ञानमा कस्मिक एनर्जीबाट आफूलाई शक्ति प्राप्त हुने भनेकी छन् ।

भू–तपस्या स्थल प्रवेश गर्दा उनी पश्चिम दिशा फर्केर तपस्या स्थल प्रवेश गरेकी थिइन् भने १२ गते बाहिर निस्कदा दक्षिण तर्फबाट निस्कने बताइएको छ । तपस्या तथा पुराणमा चैत्र ९ गते बेलुका समयसम्ममा जग्गातर्फ १५ लाख बराबरको जग्गा प्राप्त भएको छ भने नगदतर्फ १० लाख बढी रकम प्राप्त भइसकेको पुराण मूल आयोजक समितिका सचिव दिपक पोखरेलले जानकारी दिए ।

Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर