Aamsanchar

फुङलिङ बजार क्षेत्रमा जडान गरिएका सीसी क्यामेरा बिग्रिए

Author Image
सोमवार, चैत १२, २०७४

ताप्लेजुङ।

दुई वर्षअघि ताप्लेजुङ सदरमुकाम फुङलिङमा जडित आधाजसो सिसी क्यामेरा तीन महिनादेखि बिग्रँदा कामै गर्न छाडेको छ ।

तैपनि मर्मत गरिएको छैन । बजार क्षेत्रमा जडित १३ मध्ये ६ वटा क्यामेरा तीन महिनादेखि कामै नगर्ने भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

रकम नहुँदा मर्मत गर्न नसकेको सिसी क्यामेरा सञ्चालन तथा मर्मत संभार उपसमितिका संयोजक तारानाथ घिमिरेले बताए ।

बजार क्षेत्रमा हुने चोरीलगायतका आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले दुई वर्षअघि बजार क्षेत्रमा क्यामेरा जडान गरिएको थियो ।

सिसी क्यामेरा जडेपछि सदरमुकाम भित्र भएका दर्जनौं आपराधिक क्रियाकलापमा संलग्नलाई नियन्त्रणमा लिन सफल भएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले बताएका छन् ।

Views: 144

प्रतिक्रिया (०)