Aamsanchar

 सुरुङ्गा खानेपानी कार्यालयमा आगलागी

Author Image
सोमवार, चैत १२, २०७४

सुरुङ्गा ।

कनकाई–३ स्थित सुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको कार्यालयमा आगजनी भएको छ । 


आइतबार राति ११ः३० बजे शुरु भएको आगलागी सोमबार बिहान ३ः०० बजे संस्थाका सञ्चालक समितिका पदाधिकारी, कर्मचारी रस्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

आगजनीबाट सभाकक्षका झ्याल, ढोका र सभाकक्षमा रहेका फर्निचर सम्पूर्ण रुपमा नष्ट भएका छन् । आगजनीबाट १५ लाख रुपैयाँ बढीको क्षति भएको संस्थाका अध्यक्ष प्रेमप्रसाद दाहालले जानकारी दिए ।

आगजनी के कारणबाट शुरु भयो, यकिन नभए पनि विद्युत सर्ट भएर भएको हुन नसक्ने र बाहिरी कुनै तत्वले आगजनी गराएको हुन सक्ने अनुमान गरिएको छ । कार्यालयमा जडान गरिएको विद्युतको मेन स्वीचमा कुनै क्षति नभएको र विदुत सर्टबाट आगजनी भएको अनुमान गर्न नसकिने कनकाई–३ टप्पु निवासी सुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका उपभोक्ता यदुनाथ मिश्रले बताए ।

Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर